- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
टोकियो । एकजना जापानी नागरिकले ९६ वर्षमा बिए पास गरेर बिए पास गर्ने विश्वको सबैभन्दा बढी उमेरको व्यक्तिको नयाँ कीर्तिमान राखेका छन् । उनले जापानको क्योतो विश्वविद्यालयबाट सेरामिक कला विषयमा स्नातक पास गरेका थिए ।
९६ वर्षमा स्नातक गरेका उनलाई गिनीज वल्र्ड रेकर्डले हालैमात्र संसारको सबैभन्दा पाको उमेरमा स्नातक गर्ने व्यक्तिका रुपमा प्रमाणपत्र प्रदान गरेको छ । जापानका ९८ वर्षीय नागरिक सिगेमी हिरातालाई २ बर्ष पहिले क्योतो विश्वविद्यालयबाट सबैभन्दा पाको उमेरमा स्नातक पास गरेकोले उनलाई गिनीज वल्र्ड रेकर्डले प्रमाणपत्र दिएको थियो ।
उनि सन् १९१९ मा हिरोसिमामा जन्मिएका हुन् । उक्त विश्व रेकर्डपछि खुसी भएका उनका साथीहरुले उनलाई सोही कलेजमा स्वागत गरेका थिए । उनले योमियुरी समचारपत्रमा भनेका थिए – 'मलाई बधाई ज्ञापन गर्न को साथी आए मैले चिनिन तर मलाई आज निकै नै खुसी लागेको छ ।'
त्यस रेकर्डले आफूलाई निकै ठूलो उर्जा दिएको हिराताले सो पत्रिकालाई बताएका थिए । हिराताले सो कोर्ष पूरा गर्न ११ वर्ष लागेको बताइएको छ । आफ्नो जागिरबाट सेवानिवृत्त भएका उनले १३ वर्षअघि सो विश्वविद्यालय भर्ना भएका थिए ।
हिराताले आफू कम्तीमा पनि १०० बाँच्ने इच्छा भएको र त्यतिसमय सम्म बाँच्ने धारणा राखेका छन् । आफूले केही न केही नाम राखौँ भनेर नै यो काम गरेको उनले बताए । हुनत म सक्षम र सबल नै छु तरपनि यो उमेरमा क्याम्पसजादा भने एक हिसाबले हाँसोको पात्र हुने गरेको छ– उनले बताए । सामान्यतया जापानी नागरिकहरु विश्वका अन्यको तुलनामा बुढेसकालमा पनि सक्रिय रुपमा काम गरिहरने हुन्छन् । एएफपी