arrow

जीवन सुखी बनाउन सेक्स कलाका केही टिप्सहरु

logo
प्रकाशित २०७२ फागुन ४ मंगलबार
एजेन्सी। सेक्स पति पत्नी बिचमा अनिवार्य आवश्यक्ता हो । जीवन सुखी बनाउन सेक्स जीवनमा रमाउनु जरुरी रहेको छ । तर हाम्रो समाजमा अनैतिक सेक्सका कारण समस्याहरु थपिएका छन् । त कतिपय अवस्थामा सेक्सका सामान्य ज्ञान समेत नजान्दा पतिपत्नी बिचमा असमझदारी बढ्दै पारपाचुके सम्म भएका घटनाहरु दिनानुदिन बढ्दै गएका छन् । सेक्सलाई स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ तर यो जान्न आवश्यक छ कि सेक्समा आन्नद लिन सहि तरिका अपनाउनु जरुरी छ । तपाई सेक्सका साधारण टिप्स अपनाएर सेक्स जीवनलाई आन्नदमय वनाउन सक्नुहुनेछ । अझ आफ्नो पहिलो सेक्सलाई जीवनभर अविश्मरणिय बनाउन केही सावधानी अपनाउनु अपरिहार्य छ ।
 
सेक्सगर्नु पूर्व सेक्सका विषयमा गफ गर्नु राम्रो हुनेछ । यसले सेक्स क्रियामा महत्वपूर्ण भुमिका खेल्नेछ । यसवाट तपाई सेक्सको भरपुर आन्नद लिन सक्नुहुनेछ । सेक्स एउटा कला पनि हो, कला प्रस्तुत गर्दा हतार नगरी एक अर्काको भावना बुझेर सेक्समा डुब्ने प्रयास गर्नुपर्छ, कन्डमको प्रयोग गर्नु राम्रो हुन्छ । आजकलका युवायुवती इन्टरनेटको माध्यमबाट सेक्सका विकल्पहरु हेर्ने गर्दछन्, यस्तो किल्पहरुको नक्कल गर्ने प्रयास नगर्नु नै राम्रो हुनेछ ।धेरै जसो पतिपत्नीमा पतिले सेक्सको प्रस्ताव राख्ने गर्दछन् तर तपाई यस्तो माहोल तयार गर्नुस कि उनी आफैले सेक्सको लागि प्रस्ताव गरुन् ।
 
सेक्सको असली मज्जा लिनको लागि पुरुषले फोर-प्ले (प्राक्क्रीडा) मा विशेष ध्यान दिनुपर्छ । पत्नीलाई उत्तेजनामा ल्याउन पतिले उनलाई चुम्बन गर्ने, उनको शरीरका संवेदनशील अंगमा स्पर्श गर्ने, कानको पछाडि भाग छुने, ढाँडमा सुमसुमाउने लगायत यौन क्रियाकलाप गर्नुपर्छ । पत्नीलाई पुरै उत्तेजनामा ल्याएपछि मात्रै यौनसम्पर्क सुरु गर्नु राम्रो हुन्छ । यहाँ यो बुझ्नु जरुरी छ कि कतिपय पुरुषहरु आफ्नो मात्र उत्तेजनाको ख्याल गरेर पत्निलाई सन्तुष्टी दिइरहेका हुदैनन् ।
 
यस्तो अवस्थामा प्राक्क्रीडालाई ध्यान दिएर पत्नीपूर्ण उत्तेजक भएपछि मात्र यथेष्ट समय दिइ एक अर्काको भावना बुझेर सेक्स गरिए सेक्सका कारण पतिपत्नीमा हुने असमझदारी हट्न गई दाम्पत्य जीवन सुखमयी हुनेछ । कतिपय मान्छेहरु सेक्स क्रिडा सकिएपछि तुरुन्तै अलग्गै हुने गर्दछन् । यसले पनि दाम्पत्य जीवनमा असर पार्दछ , तसर्थ सेक्सक्रिडा सकिएपछि पनि केही समय सगै रहेर दु:ख सुख्ख र भावी योजनाकोबारेमा कुरा गर्ने बानी बसाले दाम्पत्य जीवन सुखमयी बनाउन सहज हुने बिज्ञहरु बताउदछन् ।
 
एकातिर राम्रो सेक्स जीवनको लागि स्वास्थ्य हुनु जरुरी छ जसको लागि खानेकुरा, कसरत र पुर्ण निन्द्रालाई प्राथमिक्ता दिन आवश्यक छ । अर्को तर्फ स्वास्थ्य हुन सहि तरिकाले सेक्स गर्नु पनि जरुरत भएको कतिपयको भनाई रहेको छ । सेक्सका यी साधारण टिप्सलाई मनन गरेर अपनाए तपाई पतिपत्नी बिचका असमझदारी हटेर सेक्सको मज्जा लिन सक्नुहुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ