arrow

वाइफाइ स्लो छ ? छिटो बनाउन यसो गर्नुहोस् 

logo
प्रकाशित २०७५ भदौ ११ सोमबार
wifi.jpg

काठमाडौं। वाइफाइबाट इन्टरनेट चल्ने डिभाइसहरुको संख्या बढ्दो क्रममा छ। यस्तोमा वाइफाइको प्रयोग बढ्नु पनि स्वाभाविक हो । वाइफाइको प्रयोगमा कहिलेकाँही भने समस्या आउन सक्छ । 

सेवा प्रदायकले पूर्ण इन्टरनेट प्रदान गरिरहँदा पनि कुनै डिभाइसमा भने इन्टरनेटमा समस्या आउन सक्छ । यो समस्या समाधानको लागि वाइफाइलाई चुस्त बनाउनु आवश्यक हुन्छ । त्यसका लागि निम्न उपायहरु केही प्रभावकारी हुनसक्छन् –

१. भुइँमा राउटरलाई नराख्नु 

राउटरलाई कहिल्यै पनि भुइँमा राख्नुहुँदैन । राउटरले सिग्नल मुनितिर दिने गर्छ । यस्तोमा भुइँमा राउटर राख्नाले स्मार्टफोन तथा ल्यापटपभन्दा पनि वाइफाइको सिग्नल जमिनतर्फ जान्छ । वाइफाइले राम्रोसँग काम गर्न राउटरमा कुनै किसिमको अवरोध हुनु हुँदैन । 

२. राउटरलाई छोपेर नराख्नु 

राउटरलाई छोपेर राख्नाले पनि वाइफाइको सिग्नलमा अवरोध हुन्छ । जसले डिभाइसहरुमा यसलाई राम्रोसँग चल्न दिँदैन । केही मानिसहरुले धुलो, पानी तथा अन्य राउटर बिगार्नसक्ने खतराबाट बच्नका लागि राउटरलाई छोपेर राख्ने गर्छन् । यसले वाइफाइमा थप समस्या ल्याउन सक्छ । राउटरको सबैभन्दा नजिक रहेका सामग्रीहरुले यसको सिग्नललाई सोस्ने गर्छ, जसको कारण वाइफाइ राम्रोसँग चल्दैन । 

३. एन्टेनामा ध्यान दिनु 

राउटरमा रहेको दुई एन्टेनामा विशेष ध्यान दिनु जरुरी हुन्छ । उक्त एन्टेना सकेसम्म नबांगियोस् भन्ने ख्याल गर्नुपर्छ । साथै उक्त दुई एन्टेनाहरु एकअर्काको सोझो हुनु जरुरी हुन्छ । 

४. कुनै पनि विद्युतीय सामग्रीहरु राउटरभन्दा टाढा राख्नु 

मानिसहरु आफ्नो कम्प्युटरनजिकै राउटर राख्ने गर्छन् ताकि इन्टरनेटको गति बढोस् तर विद्युतीय सामग्रीहरुको नजिक राख्दै वाइफाइको गतिमा समस्या आउनसक्छ । 

५. राउटरलाई सही स्थानमा राख्नु 

राउटरलाई धेरै अवरोधका सामग्रीहरु हुने स्थानमा राख्नुहुँदैन । साथै राउटरलाई सबै कुनाहरुबाट समदूरीमा हुने गरी राख्नु राम्रो हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ