arrow

विशेषाधिकार समितिको सभापतिमा श्रेष्ठ चयन

logo
प्रकाशित २०७५ भदौ ११ सोमबार
bises.jpg

वुटवल । प्रदेश नम्वर ५ को विशेषाधिकार समितिको सभापतिमा  गुल्मीवाट निर्वाचित प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ चयन भएका छन् ।  उनि नेकपाको तर्फवाट प्रतिनिधित्व गर्छन् ।  

सोमवार संसद सचिवालयमा बसेको विशेषाधिकार समितिको बैठकले उहाँलाई सभापतिमा चयन गरेको हो । जेष्ठ सदस्य बाबुराम गौतमको अध्यक्षता एवं सभामुख पूर्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा बसेको बैठकले उनलाई सभापतिमा चयन गरेको हो ।

आजै श्रेष्ठलाई सभामुख पूर्णबहादुर घर्ती मगरले पद तथा गोपनीयताको समथ ग्रहण गराएका थिए  । समितिमा ११ जना प्रदेश सभा सदस्यहरुको प्रतिनिधित्व रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ