arrow

एन्ड्रोइड फोनमा यस्ता साइट हेर्दै हुनुहुन्छ ? बन्नसक्छ घातक

logo
प्रकाशित २०७५ भदौ ११ सोमबार
pornss_site.jpeg

एजेन्सी । नेपालमा  पोर्न फिल्म हेर्न चलन बढ्दै गएको छ। पोर्न फिल्ममा नेपालीको लत पर्दै गएको विभिन्न तथ्यहरुले समेत देखाएका छन्। 

पोर्न फिल्म हेर्न मानिसहरु कम्प्युटर, स्मार्टफोन आदिको प्रयोग गर्दछन् । पछिल्लो समय तुलनात्मक रुपमा कम्प्युटर भन्दा स्मार्टफोनमा ज्यादा पोर्न हेर्ने  गरेको पाइन्छ। यस्तो एडल्ट कन्टेन्ट एप्सको रूपमा पनि गूगल प्लेमा उपलब्ध रहेका छन्।

यस बाहेक अन्य पोर्न साइट पनि रहेका छन् जसलाई प्रत्येक दिन प्रयोगकर्ताले हेर्ने गर्दछन् । यदि तपाई पनि एन्ड्रोइड स्मार्ट फोनमा पोर्न साइट हेर्नु हुन्छ भने तपाईको लागि यो घातक साबित हुने अध्ययनले देखाएको छ ।

पोर्न साइटहरु फ्री हुन्छन् तर धेरै पटक यी वेबसाइट्स ओपन गर्नाले एन्ड्रोइडमा वीएएस सब्सक्रिप्शन्स अन हुने गर्दछ जस कारण सिमवाट पैसा काटिन्छ। सो सब्सक्रिप्शन दिन र महिनाको हिसाबवाट हुन्छ जसको पैसा पनि फरक-फरक दरमा हुन्छ ।

एन्ड्रोइडमा पोर्न हेर्नाले कयौ पटक पोर्न स्टकर करले पनि हैरान बनाउने गर्दछ। एन्ड्रोइडले एप्सको  नक्कली भर्जन फोनमा इन्स्टल गर्नलाई आग्रह समेत गर्दछ। यसवाट फोनमा  ट्रोजन भाइरस डाउनलोड हुन सक्दछ। त्यसैले ब्राउजरमा 'डू नटअलो वेबसाइट्स टू ट्रेक फीचर' अप्सनको प्रयोग गर्ने गर्नुहोस र अटोमेटिकली एप्स डाउनलोड फीचरलाई बन्द गर्नुहोस् ।

एन्ड्रोइड फोनमा पोर्न ब्राउज गर्नु खतरनाक हुन्छ किनभने यसवाट फोनमा इन्स्टाल बैंकिङग एप्स र जीमेल आईडीलाई हानि पुर्‍याउन सक्छ । यसवाट सुरक्षाको खतरा हुन्छ ।

अनलाइन संसारमा केहि पनि  फ्री हुदैन । पोर्न साइट हेर्नको लागि तपाईले डाटा प्याकेज लिनु पर्दछ । कयौ पटक पोर्न साइट ओपन गर्नाले रेनसमवेयर (एक प्रकारको भाइरस ) एन्ड्रोइड इन्सटल हुन्छ जसको कारण फोनमा रहेको पर्सनल डाटा सबैभन्दा ज्यादा खतरामा पर्दछ। यसले तपाईको फोन लक पनि गरेन सक्छ । जुन लक भएमा फोनलाई खोल्न पैसा तिर्नुपर्ने हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ