arrow

अनमोल केसीलाई केटी आतंक, दुई महिनामा फेर्छन् मोबाइल नम्बर

मेरो मोबाइलमा केटीको फोन यति धेरै आउँछ कि त्यसबाट मुक्त हुनका लागि पनि नम्बर फेर्ने गर्दछु

logo
प्रकाशित २०७२ फागुन ४ मंगलबार
Anmol-KC.jpg.jpeg

काठमाडौं । पैसा हुने निर्माताहरुको नायक अनमोल केसी प्रतिको क्रेज जति छ, त्यो भन्दा बढी उनको क्रेज केटी फ्यानमाझ चौगुणा बढी देखिन्छ । अनमोललाई प्रत्यक्ष भेट्न पाएर चुम्बन दिन नसके पनि उनको पोष्टरमा चुम्बन दिएर चित्त बुझाउने विशेष युवती फ्यानको जमात बाक्लै देखिन्छ । आफु प्रति केटी फ्यानको क्रेज देखेर अनमोल आफै चकित छन् । 

आगामी फागुन २१ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘ड्रिम्स’का प्रमुख अनुहार अनमोल फिल्मको प्रचारप्रसारको काममा अहिले व्यस्त छन् । उनीमाथि मिडिया फेस गर्न नसकेको र मिडियाले सम्पर्क गर्दा सम्पर्कमा नआएको भन्ने आरोप निकै लाग्ने गरेको छ । यो फिल्मको नयाँ गीत रिलिज कार्यक्रममा भने अनमोलले यसको उत्तर मिडियासमक्ष दिए । ‘म कहिल्यै पनि एउटै नम्बर बोक्दिन, दुई महिनामा मोबाइल नम्बर फेरिरहन्छु, मेरो मोबाइलमा केटीको फोन यति धेरै आउँछ कि त्यसबाट मुक्त हुनका लागि पनि नम्बर फेर्ने गर्दछु, त्यसकारण पनि मिडियाले मलाई सम्पर्क गर्दा सम्पर्क हुन नसकेको हो ।’

उनले आफ्नो पिता भुवन र आफ्नो बसाई एउटै घरको छुट्टाछुट्टै फ्ल्याटमा भएको कारणले पनि बुवामार्फत आफ्नो भेट मिडियासँग नभएको उनले स्वीकारे । अनमोलले फिल्म ‘ड्रिम्स’ प्रति पूर्ण आशावादी रहेको जनाउँदै आफु अलिक चुजी किसिमको भएका कारण पनि ३०,४० वटा फिल्मको अफर अस्वीकार गरेको बताए ।

कार्यक्रममा फिल्मका निर्माता तथा निर्देशक भुवन केसीले फिल्ममा नवनायिका साम्राज्ञ राज्यलक्ष्मी शाहको अभिनयको तारिफ गरे । साम्राज्ञीले पनि फिल्ममा आफ्नो पहिलो काम भएकाले मेहनत गरेर काम गरेको जनाईन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ