arrow

प्रदेश सरकारले निर्मला र मायाका परिवारलाई ५-५ लाख दिने

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ भदौ ११ सोमबार
province-7.jpg

कैलाली। कैलाली कन्चनपुरमा भएका बलात्कारका घटनाका पीडित परिवारलाई सात नम्बर प्रदेशले ५-५ लाख रुपैया राहत दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले क्षतीपुर्ती दिन आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रीको प्रस्तावमा बैठकले २०७५ श्रावण १० गते वलात्कार पछि हत्या गरिएकी भिमदत्त नगरपालिका वडा नं २ वस्ने १३ वर्षिया वालिका निर्मला पन्तको परिवारलाई ५ लाख दिने भएको छ ।

पन्त हत्या प्रकरणमा भएको आन्दोलनका मृत्यु भएका भिमदत्त नगरपालिका वडा नं १८ वस्ने १४ वर्षिय सन्नी खुनाको परिवारलाई पनि प्रदेश सरकारले रु ५ लाख दिने निर्णय गरेको छ।

यस्तै  २०७५ असाढ १२ गते गैरीगंगा नगरपालिका वडा नं. ११ कि २१ वर्षिया माया विकको परिवारलाई पनि ५ लाख रुपयाँ दिने निर्णय गरेको छ। 

हत्यामा संगलग्नलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनको परिवारलाई क्षतिपुर्ती नदिएको भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको थियो । उनको पनि वलात्कार पछि हत्या गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ