arrow

दुई लाख राशीको मदन पुरस्कार योगमायाका लागि निहारिकालाई

logo
प्रकाशित २०७५ भदौ ११ सोमबार
niharika.JPG

काठमाडौं । २०७४ सालको मदन पुरस्कार नीलम कार्की ‘निहारिका’को उपन्यास ‘योगमाया’का लागि प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको बैठकले योगमाया कृतिका लागि निहारिकालाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

त्यस्तै, जगदम्बाश्री पुरस्कार शान्तदास मानन्धरलाई दिइने भएको छ । बाल साहित्यको विकास, विस्तार तथा प्रवर्द्धनमा पाँच दशकदेखि समर्पित रहकोले मानन्धरलाई जगदम्बाश्री पुरस्कार दिइने निर्णय गरिएको गुठीका सदस्य सचिव दीपक अर्यालले जानकारी दिए । दुबै पुरस्कारको राशी दुुई लाख रुपैयाँको छ ।

यसपालीको मदन पुरस्कारका लागि योगमाया सहित नयनराज पाण्डेको यार, सरस्वती प्रतीक्षाको नथिया, ध्रुवसत्य परियारको कैरन, मोहन वैद्यको हिमाली दर्शन, यज्ञशको भुइयाँ, तीर्थ गुरुङको पाठशाला र राज माङ्लाकको लिम्बुनी गाउँ अन्तिम ८ को सूचीमा थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ