arrow

‘क्लासिक’मा आर्यनसँग हट प्रियंका(भिडियो)

प्रदर्शनको ४ दिनपछि यसको निर्माणपक्षले नायिका प्रियंका कार्कीको सस्पेन्स शैलीलाई सार्वजनिक गरेको छ ।

logo
प्रकाशित २०७२ फागुन ४ मंगलबार
12715692_1258127267535422_5658779376198246952_n.jpg.jpeg
काठमाडौं । प्रदर्शन अगाडिसम्म चलचित्र ‘क्लासिक’ यूनिटले लुकाएको एक रहस्य सार्वजनिक भएको छ । चलचित्र प्रदर्शनको ४ दिनपछि यसको निर्माणपक्षले नायिका प्रियंका कार्कीको सस्पेन्स शैलीलाई सार्वजनिक गरेको छ । यो चलचित्रमा नायिका कार्की विशेष भूमिकामा छिन् । जसको क्यारेक्टरलाई चलचित्र हेरेपछि दर्शकले अत्याधिक रुचाएका छन् । चलचित्रका मुख्य नायक आर्यन सिग्देलसँग नायिका कार्कीको रोमान्टिक गीत पनि चलचित्रमा समावेश छ । चलचित्रमा समावेश सोही गीत सार्वजनिक गर्दै प्रियंकाको सस्पेन्स रिलिभ गरिएको हो ।

शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रले वर्ड अफ माउथका कारण आक्रमण व्यापार गरिरहेको छ । शनिबारको बिदा र प्रेम दिवसको अवसरमा आइतबार चलचित्रले देशैभरी आक्रमण व्यापार ग¥यो । वर्ड अफ माउथका कारण सोमबारपनि व्यापारमा खासै गिरावट नआएको निर्माता सुवास गिरीले बताए ।

चलचित्रको व्यापारसँग नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ पनि दर्शकसँग खुशी साट्न काठमाण्डौ बाहिरका विभिन्न हलमा पुग्ने भएका छन् । वुधबार यी दुई कलाकार दमक र धरानमा पुग्नेछन् । यस्तै, बिहिबार विर्तामोडको श्रीकृष्ण हलमा आर्यन र नम्रताले दर्शकसँग बसेर चलचित्र हेर्नेछन् ।

चलचित्र प्रदर्शनको दोश्रो शुक्रबार यी दुई कलाकार नारायणगढ र बुटवल पुग्नेछन् भने शनिबार पोखराका दर्शकसँग बसेर यी  दुइले चलचित्र हेर्ने र सफलताको खुशी साट्ने निर्माणपक्षको भनाई छ ।

यसैविच, निर्माता सुवास गिरीले चलचित्रको सिक्वेल बनाउनका लागि दर्शकले माग गरेकाले यसबारेमा पनि सोच बनाएको बताए । उनले भने–‘हामीले चलचित्रमा पनि सिक्वेलका लागि ठाउँ राखेका छौ । दर्शकले पनि सिक्वेल बनाउनका लागि माग गर्नुभएको छ । हामीले यस बिषयमा सोच बनाइरहेका छौ ।’

दिनेश राउत निर्देशित यो चलचित्रले दुई दुष्टिबिहिन कलाकारको प्रेम, समर्पण र त्यागको कथा भन्छ । यो चलचित्र हेरेपछि अधिकांश दर्शकका आँखाबाट आँशु झरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ