arrow

खुसी साट्न आँतुर नवयुग ‘आमा, बुबा र हजुरआमालाई’ भेट्न चाहन्छन्

‘फर्के लगत्तै मंगलबारे जान मन छ’

logo
प्रकाशित २०७२ फागुन ४ मंगलबार
nabayug-ne-sag-Fnl-pc.jpg.jpeg
काठमाडौं । २३ वर्ष पछि नेपालले दक्षिण एसियाली खेदकुद ‘साग’को फाइनल जित्दै स्वर्ण हासिल गर्न सफल भयो । भारतीय भूमिमा नेपालले आयोजक भारतविरुद्ध नै सनसनीपूर्ण जित निकाल्दै नेपाली फुटबल इतिहासमा २३ वर्षपछी सागको उपाधि कब्जा गरेको हो । साग पुरुष फुटबलको स्वर्ण निकै प्रतिष्ठाको मानिन्छ । सन् १९८४ र १९९३ पछि नेपालले पहिलो पटक स्वर्ण जितेको हो । यसअघि नेपालको पोल्टामा दुई स्वर्ण मात्रै थियो । अब तीन स्वर्ण, दुई रजत र दुई कांस्य भएको छ । 
 
राजनीतिक रुपमा नेपाल भारत सम्बन्ध चिसिएका बेला भारतविरुद्धको जितले नेपाली नागरिकलाई उत्साही बनाएको छ । जसले नेपालीहरुको शान बढाएको छ । सन् २००३ देखि यू–२३ टिम सहभागितामा खुम्चिए पनि साग उपाधि नेपालका लागि महत्वपूर्ण थियो । एकातिर खेल मिलोमतोको कोला वादललाई पूर्ण रुपमा मेटाउनु थियो भने, अर्कोतिर भारतविरुद्धको जित प्रतिष्ठासंग जोडिएको थियो । 
 
लामो समयको नाकाबन्दी, राजनीतिक र प्रशासननिक क्षेत्रमा पारिरहेको प्रभाव जस्ता विषयले नेपाली नागरिक भारतप्रति आजित भएकै बेला नेपाली यू–२३ टोलीको जित खेलकुदका हिसावले मात्रै सफलता रहेन । भारतीय औपनिवेशविरुद्धकै एक जितका रुपमा लिइएको छ । यद्यपि, भारतको राष्ट्रिय टोलीविरुद्ध भने नेपालले १९८४ र १९९३ पछी जित हासिल गर्न सकेको छैन । तर, अबका दिनमा दक्षिण एसियाकै खरो टिमको रुपमा नेपाल उत्रनेमा विश्वस्त छन्, नेपाली फुटबलका तारा नवयुग श्रेष्ठ । 
 
‘सवैको संयुक्त प्रयासले यो सफलता हात लागेको हो ।’ खेल सकिएपछि नेपालको धेरै याद आयो । वुधबार बेलुका मात्रै नेपाल फर्किने बताएका नवयुगले खुसीको क्षणमा एक दिन मात्रै भारत बस्दा नेपाल झजल्को आइरहेको बताए । उनले भने, ‘खुसीको सीमा छैन, नेपाल फर्किएपछि आमा, बुबा र हजुरआमालाई भेट्ने ठूलो इच्छा छ, तर जान पाउँछु पाउँदैन, प्रतियोगिताहरु छन्, क्लबले पनि जान दिदैन होला ।’ एक पटक इलामको मंगलबारे नै जान मन छ ।    
 
गएको २५ डिसेम्बर देखि ३ जनवरी समम्म भारतको केरलामा भएको साफ च्याम्पियसिपबाट अन्तर्राष्ट्रिय फुटबल करिअर सुरु गरेका नवयुग १२औं दक्षिण एसियाली खेलकुद सम्म आइपुग्दा नेपाली फुटबलका ताराका रुपमा उदाए । साफ च्याम्पियनसिपमा श्रीलंकासंग १–० हार्दा र भारतसंग ४–१ ले हार्दा नवयुगको खासै चर्चा थिएन । उनी टोलीमा नवप्रवेशी थिए । अब, उनको परिचय युवा खेलाडी रहेन । नवयुगलाई प्रदर्शनले पाको बनाएको छ । 
 
हालसम्म नेपाली फुटबल इतिहासमा अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने पाँच खेलाडी मध्ये नवगुग अब्बल ठहरिएका छन् । अन्य खेलाडीका नाममा १ पटक ह्याट्रिक गरेको कीर्तिमान छ, भने उनलको नाममा एकै वर्ष तीन ह्याट्रिक गरेको कीर्तिमान छ । भारतको गुवाहाटीमा भएको साग पुरुष फुटबलमा दोहोरो ह्याट्रिक गरेका नवयुगले व्यक्तिगत ७ गोल गरे ।
 
नेपाललाई स्वर्ण दिलाउने निर्णायक गोल समेत उनकै नाममा रहयो । बंगलादेशमा नेपाल बंगबन्धु च्याम्पियन बन्दा समेत नवयुगले ह्याट्रिक गरे । १२औं सागमा आयोजक भारतरिुद्ध फाइनमा प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले गोल गर्दै उपाधि दिलाए । जहाँ प्रकाश र नवयुगमात्रै हिरो रहेनन् । सबै खेलाडीले राम्रो गरे । गोल किपर विकेश कुथुले रक्षापंक्ति निकै सशक्त राखे । साग फाइनल विजयको श्रेय कुथुलाई समेत जान्छ । यस्तै, युवा खेलाडी विमल घर्तीमगर, कप्तान विराज महर्जन, अनन्त तामाङ, विशाल राईलगायतका सबै खेलाडीले सशक्त प्रदर्शन गरे । 
 
प्रशिक्षक राजुकाजी शाक्यको समेत उचाई निकै बढेको छ । १९८४ मा घरेलु मैदानमा पहिलो स्वर्ण जित्दा शाक्य नेपाली टोली सदस्य थिए । १९९३ को ढाका यात्रामा समेत उनी टोलीमा रहे । उनको नेतृत्वमा नेपालले दोस्रो पटक स्वर्ण जित्यो । अहिले उनी प्रशिक्षक हुँदा नेपालले तेस्रो स्वर्ण जितेको छ । यसले समग्र नेपाली फुटबल टोलीको संयुक्त प्रयास र सफलता झल्किएको छ ।  
 
यस्तै, नेपाली फुटबल आकर्षणका केन्द्र नवयुग पनि साग फुटबल सफलताको श्रेय सम्पूर्ण टिमलाई दिन्छन् । साग फाइनल जितेपछी खुसी साट्न आतुर नवयुगले एक दिन मात्रै भारतमा बस्दा नेपाल र घर परिवारको निकै याद आएको सुनाए । उनले हाम्राकुरासंग भने, ‘सवैको संयुक्त प्रयासले यो सफलता हात लागेको हो ।’ खेल सकिएपछि नेपालको धेरै याद आयो । वुधबार बेलुका मात्रै नेपाल फर्किने बताएका नवयुगले खुसीको क्षणमा एक दिन मात्रै भारत बस्दा नेपाल झजल्को आइरहेको बताए । उनले भने, ‘खुसीको सीमा छैन, नेपाल फर्किएपछि आमा, बुबा र हजुरआमालाई भेट्ने ठूलो इच्छा छ, तर जान पाउँछु पाउँदैन, प्रतियोगिताहरु छन्, क्लबले पनि जान दिदैन होला ।’ एक पटक इलामको मंगलबारे नै जान मन छ ।    
 
विं.सं. २०४७ सालमा इलामको मंगलबारे (हालको देउमाई नगरपालिका) मा बुबा चन्द्र केशर श्रेष्ठ र आमा बसुन्धरा श्रेष्ठको जेठो छोराका रुपमा जन्मिए । उनी भन्दा पछि एक बहिनी छन् । नवयुग स्कूले जीवनबाट खेल सुरु गर्दा देखि नै अब्वल थिए । स्थानीय उद्दीप क्लबले वर्षेनी आयोजना गर्ने जुनियर फूटबलमा १२–१३ वर्षको उमेरमा नै आकर्षक गोल गर्दै सबैको मन लोभ्याउथे । सोही आकर्षक लयलाई नवयुगले जारी राखेका छन् । गुवाहाटीको इन्दिरा गान्धी रंगशालामा समेत भारतविरुद्धको फाइनलमा डिफेन्डरले थाहै नपाउनेगरी छरितो बल नजिक पुगेका नवयुगले जम्प गरेर अति सुन्दर गोल गरिदिए । जुन गोलको अहिले सबैले चर्चा गरिरहेका छन् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ