arrow

प्रधानमन्त्रीले संसदमा संवोधन गर्दै, जनाऊ बिमस्टेकको अल्झन शान्ति सुरक्षाको  

logo
प्रकाशित २०७५ भदौ १२ मंगलबार
kp-oli-samsad.JPG

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास बिमस्टेकको शिखर सम्मेलन तयारी लगायतका विषयमा सम्बोधन गर्ने कार्यक्रम छ । 

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको चाैथाे शिखर सम्मेलन हुँदैछ । 

उनले यसबीचमा संसदमा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिनेछन् । बिमस्टेकको तयारीका क्रममा देखिएका कमजोरीबारे सांसदहरुले ब्यापक रुपले कुरा उठाउने बुझिएको छ । सांसदहरुले सडकका खाल्डाखुल्डी पुर्ने क्रममा देखिएका कमजोरी पनि खुट्याउने छन् । 

त्यसैगरी पछिल्लो समय बलात्कार, हत्या, हिंसा लगायतका घटनाले ब्यापकता पाएको बारे सांसदहरुले आक्रोश पोख्ने र सुरक्षा नभएको बारे कडा टिप्पणी गर्ने जनाएका छन् । 

शान्ति सुरक्षा नभएपछि आफ्ना बालबालिका समेत असुरक्षित रहेको भन्दै आपत्ति जनाइरहेका छन् । दैनिक बलाकृतको घटना बढ्दै गएपछि अभिभावक गहिरो चिन्तामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ