arrow

शाहरुखले हावार्ड विश्वविधालयमा लेक्चर दिने

logo
प्रकाशित २०६९ माघ २४ बुधबार
shahrukh.jpg

काठमाडौ। भारतिय चलचित्रमा किङ्ग खानका नामले प्रख्यात शाहरुख खान विश्वको ख्यातीप्राप्त युनिर्भिसीटी हावार्ड विश्वविधालयमा गेष्ट लेक्चर दिनको लागि आमन्त्रित गरिएका छन्।

उनले हावार्ड विश्वबिधालयमा चलचित्र व्यापारको बारेमा लेक्चर दिने भएका छन्। लेक्चरका लागि उनी मार्च महिनामा  अमेरिका जाने भएका छन्।

भारत लगायत विश्वमा चर्चित शाहरुख खानले सो विश्वविधालयमा आमन्त्रित लेक्चरका रुपमा सहभागी भइसकेका छन्। खानको प्रस्तुतीमा येल विश्वविधालयका डिन पनि शाहरुखसँगै नाचेका थिए।

शाहरुख खानले आफ्नो व्यस्त समयका वावजुद हावार्ड विश्वबिधालयलाई समय निकालेको श्रोतले जनाएको छ।  उनी चलचित्रका साथै भारतमा हुने आईपिएलमा पनि व्यस्त हुने छन्।

आईपिएल भारतमा हुने क्लब स्तरिय टि-२० क्रिकेट प्रतियोगिता हो। खान कोलकाता नाईट राईडर्स क्रिकेट क्लबका मालिक पनि हुन्।  (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ