arrow

‘वेश्या’लाई पैसा पोस्ने सांसद पक्राउ !

logo
प्रकाशित २०७५ भदौ १२ मंगलबार
Craig_Thomson.jpg

काठमाडों। अष्ट्रेलियाको प्रहरीले त्यहाँका एक सांसदलाई ‘मनोमानी’ ढंगले काम गरेको आरोपमा पक्राउ गरेको छ । ती सांसदमाथी मनोमानी ढंगले काम गरेको आरोपमा १ सय ५० मामिला दर्ता गरिएको बीबीसीले जनाएको छ ।

 क्रेग थमसन नामक ती सांसदलाई उनको कार्यालयबाट पक्राउ गरेको जनाइएको छ । उनीमाथी आरोप छ कि, उनले एक युनियनको रकम दुरुपयोगगरी यौनकर्मी महिलालाई पोसे । त्यस्तै उनीमाथी अत्यधिक मोजमस्ती गरेको, अनावश्यक हवाईयात्रामा रकम खर्ज गरेको जस्ता आरोप लगाइएको जनाइएको छ ।

ती सांसद विरुद्ध महिला यौनकर्मीलाई पोस्ने लगायतका काममागरी सरकारी ढुकुटीबाट १ लाख डलर रकम दुरुपयोग गरेको आरोप लागेको छ । यो मामिला भने उनी सांसद बन्नुअघिको भएको जनाइएको छ ।

जतिखेर उनी त्यहाँको स्वास्थ्य सेवाक्षेत्रमा काम गर्ने व्यक्तिहरुका एक संघका प्रमुख थिए । राजनीतिमा आउनुअघि उनी स्वास्थ्य क्षेत्रका कर्मचारीहरुका युनियनसँग आवद्ध भएको बताइएको छ ।

ती सांसदलाई पछिल्लो वर्ष लेबर पार्टीको सदस्यबाट निलम्बित गरिएको थियो । उनीमाथी १८ महिला लामो जाँच भएको थियो । पक्राउ परेका सांसदले भने आफू निर्दोष भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ