arrow

गुल्मीका विद्यार्थीलाई पढाउँदै सशस्त्र प्रहरी

logo
रमेश वि.क.,
प्रकाशित २०७५ भदौ १२ मंगलबार
sasastra.png

गुल्मी । केही दिनयता एउटा हातमा ८/१० वटा चक्लेट लिएर विद्यार्थी भएको कोठा सशस्त्र प्रहरी वल गुल्म गुल्मीका गुल्मपती डीएसपी दिनेश रायमाझी पुग्ने गर्दछन् । उनले सुरुमै भन्ने गर्छन्- यो चक्लेट तपाईहरुको लागि हो ।

उनी अघि थप्छन्, ‘जसले हल्ला गर्छ उसले चक्लेट पाउँछ, जो निदाउन्न उसले चक्लेट पाउँछ र जसले सोधेको प्रश्नको जवाफ दिन्छ उसले चक्लेट पाउँछ ।’ उनको आवाजसँगै विद्यार्थी चुपचाप हुन्छन् ।

माध्यमिक तहमा पढने विद्यार्थीहरुका लागि सुरु गरिएको जनचेतनामुलक लागू औषध दूर्व्यसनी तथा बिपद् व्यवस्थापन सम्बन्धी स्कुल कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक रायमाझीले यसरी प्रस्तुति सुरु गर्छन् ।

उनले विद्यार्थीको ध्यान केन्द्रित गर्न चक्लेटको सहारा लिएका थिए । जसले विद्यार्थीहरु निकै चाखलाग्दो तबरबाट कक्षाहरु सुन्ने गर्दछन् । सशस्त्र प्रहरी वल गुल्म गुल्मीले गुल्मीमा स्कुल तथा क्याम्पसहरुमा जनचेतना कार्यक्रम सुरु गरेको छ ।

लागु औषध दूर्व्यसनी तथा बिपत व्यवस्थापन सम्बन्धी स्कुल तथा क्याम्पसहरुमा जनचेतना कार्यक्रम सुरु गरेको हो । कार्यक्रम अन्र्तगत प्रहरी नायव उपरिक्षक आफु नै स्कुलहरुमा पुग्ने गरेका छन् ।

उनले विद्यार्थीहरुलाई लागू औषध दूव्र्यसनी तथा बिपद व्यवस्थापन सम्बन्धी जनचेतना मुलक प्रस्तुतिहरु दिनेक्रममा विद्यार्थीहरुको हल्लालाई मथ्थर पार्न चक्लेटले शान्त पार्ने गर्दछन् । विद्यार्थी र प्रहरीबीच साथित्वको भावना जगाउँदै समाज सुधार गर्न खटिने सुरक्षा कर्मीलाई सघाउनु पर्छ भन्ने भावनालाई जगाउन यस कार्यक्रमले महत्पूर्ण भूमिका निर्वाह गर्ने सशस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक दिनेश रायमाझीले बताए ।

लागू औषधको दूव्र्यसनीले समाज पार्ने नकरात्मक असरहरु तथा बिपद व्यवस्थापनमा सशस्त्र प्रहरीको भुमिका र नागरिकले कसरी सहयोग गर्न सक्छन् भन्ने जस्ता बिषयमा सशस्त्र प्रहरीले जनचेतना अभियान सुरु गरेको जनाएको छ ।

सशस्त्र प्रहरीले जिल्लाको सदरमुकाम तम्घासको रेसुङ्गा क्याम्पसबाट सुरु गरेको सचेतना अभियान सदरमुकाम तम्घासका अर्जुन आवासिय माध्यमिक बिद्यालय, सिद्धबाबा माध्यमिक, रेसुङ्गा माध्यमिक बिद्यालय र महेन्द्र नमूना माध्यमिक बिद्यालयसम्म अभियान चलिरहेको सशस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रमुख प्रहरी नायव उपरिक्षक रायमाझीले बताए ।

सदरमुकाम भित्रका बिद्यालयहरुमा अभियान सम्पन्न गरेपछी ग्रामीण भेगका बिद्यालयहरुमा पनि लगिने प्रहरी नायव उपरिक्षक रायमाझीले बताए । विद्यार्थीलाई जनचेतना मुलक प्रस्तुतिमा लागू औषध दूर्व्यसनी तथा बिपत व्यवस्थापन सम्बन्धी बिभिन्न अबस्थाहरुमा केन्दि्रत भएका कार्यक्रमहरु राख्ने गरिएको छ ।

स्कुल कार्यक्रमबाट स्कुल तथा क्याम्पसमा पढने विद्यार्थी लागू औषध दूव्र्यसनीमा फस्न नदिन तथा समाज सुधारमा महत्वपूर्ण निर्वाह गर्ने उदेश्यले जनचेतना कार्यक्रम थालिएको सशस्त्र प्रहरी बल गुल्म गुल्मीका सशस्त्र प्रहरी निरीक्षक देबराज मल्लले बताए ।

युवा तथा विद्यार्थीहरु नै लागू औषधमा फस्न सक्ने र बिद्यार्थीहरुले नै यसको नियन्त्रण तथा जनचेतना सन्देशहरु प्रवाह गर्न मदत गर्न सक्ने भएकाले स्कुल तथा क्याम्पसहरुमा जनचेतना मुलम कार्यक्रम राखिएको प्रहरी निरीक्षक मल्लले बताए ।

लागू औषधको प्रयोगबाट युवा पीडिमा पर्ने असरहरुले समाज पार्ने नकरात्क घटनाहरु तथा बिभिन्न कानुनि अबस्था बारेमा जानकारी गराइएको थियो । बिद्यार्थीहरु लाई लागू औषध भनेको के हो, लागू पदार्थ सेवन गर्दा का बेफाईदाहरु, समाजमा कस्ता असर पार्छ र कसरी निबारण गर्न सकिन्छ भन्ने जानकारी दिएका थिए ।

नेपालमा खासगरी युवा पुस्तामा यसको प्रयोग बढी मात्रामा हुने गरेको देखिन्छ । प्रहरी उनायव उपरिक्षक रायमाझीले विद्यार्थीहरुलाई लागू औषधको प्रभावले मानब शरीरको केन्द्रीय स्नायु प्रणालीमा असर पार्ने जानकारी गराउँदै प्रयोगको मात्रा बढ्दै गएपछि मानिसको मृत्यु गराउने सम्म पुग्ने भएकाले सचेत रहन आग्रह गरेका थिए ।

सामाजिक संस्कार बिगार्ने,अपराध बढ्ने,दक्ष जनशक्ति कुलतमा फस्ने,अर्थ व्यवस्थालाई ध्वस्त बनाउने, जस्ता समस्याहरु लागू औषधद्वारा सिर्जित जटिल सामाजिक समस्या आइपर्ने जस्ता जटिलताहरु बताएका थिए ।

लागू औषधको यस्तो बढ्दो प्रयोग र समाजमा यसले पार्ने नकारात्मक प्रभाबका कारण यसलाई सामाजिक अपराधका रुपमा लिइएको बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

जनचेतना मुलक कार्यक्रममा बिपद् व्यवस्थापन सम्बन्धी सशस्त्र प्रहरीले गरेका बिभिन्न उद्दार तथा सकरात्मक कामहरु बारेमा पनि जानकारी गराइएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ