arrow

एउटै कारको मूल्य २७ करोड, यस्ता छन् विशेषता

logo
प्रकाशित २०७५ भदौ १२ मंगलबार
bugatti.jpg

एजेन्सी। फ्रेन्च कारमेकर बुगाटीको सुपरकार चिरोन संसारको सवैभन्दा तीव्र गतीमा कुद्ने र शक्तिशाली कार हो। साथै यो महगो कारको मूल्य करीब २.६ मिलियन डलर (करिव २७ करोड रुपैयाँ) पर्न आउछ।
 
के छ त यो कारमा विशेषता:
बुगाटीको यो नयाँ मेडेलको कार चिरोन १५०० हर्सपावरको क्षमता युक्त छ। जवकी १३ वर्ष अगाडि सो कम्पनिले उत्पादन गरेको वेरङ्ग माडेलको जम्मा १२०० हर्सपावर थियो। आफ्नो पुरानो रेकर्ड १३ वर्ष पछि तेडेको छ।
 
कम्पनीका अनुसार यसको टप स्पीड चर सय २० किलोमिटर प्रति घण्टा छ। जवकी विज्ञहरुका भन्छन् यस कारले ५ सय किलोमिटर प्रति घण्टा सम्मको स्पिड लिन सक्छ। यसले ० देखि १०० किलोमिटर प्रति घण्टाको रफ्तार २ दशमलव ५  सेकेण्डमा हासिल गर्न सक्छ।
 
कारमा ८ लीटरको क्‍वाड टर्बो डब्‍ल्‍यू छ भने  १६वटा इन्जिन जडान गरीएको छ जसबाट यसमा १५०० बीएसपीको शक्ति उत्पन्त हुन्छ।
 
यो भन्दा अगाडि २००५ मा बुगातीले प्रख्यात मोडेल वेराङ्ग सार्वजनिक गरेको थियो। जसलाई २०१३मा सवैभन्दा तीव्र गतीमा कुद्ने कारको दर्जा दिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ