arrow

मुसाले गाडीका पाटपुर्जा चपाएपछि......

logo
प्रकाशित २०७५ भदौ १२ मंगलबार
mouse.jpeg

काठमाडौं । मुसाले तपाईंको घरमा हैरान पारेको छ ?, या तपाईंका लत्ता–कपडा च्यातिदिएको छ ? मुसाले घरमा राखेका खानेकुरा या अन्य वस्तुहरु चपाएर धुजा–धुजा पार्ने गरेको त हामीले सुन्दै आएको नै हो। तर, बेलायतमा भने एक मुसाले एक कारको सामाग्री नै चपाएर उपद्रो मच्चाएको बीबीसीले जनाएको छ।

सफल्क इलाकामा बस्ने ७४ वर्षीया जील जब क्रिसमसको छुट्टी मनाएर आफ्नो घरमा फर्किइन् त उनले देखिन कि मुसाले उनको कारको कयौं पाटपुर्जा चपाईसकेको थियो।

क्रिसमसको समयमा जील आफ्नो कार घरमा नै छाडेर एक आफन्तकोमा गएकी थिइन्। तर, जब उनले घर फर्किएर कार नियाली त कार भित्रको इलेकिट्रक पाटपुर्जा गायब भईसकेको थियो। यहाँसम्मकी मुसाले कारको वायरिङ, सिटबेल्टसम्म चपाउन भ्याईसकेको थियो।

त्यस कारको विमा कम्पनीका प्रवक्ताले कारमा मुसा छिरेको र वायरिङ लगायतका पाटपुर्जामा नोक्सान पुर्‍याएको हुन सक्ने बताएको समाचार एजेन्सीले जनाएको छ।

जीलको उक्त फोर्ड फ्युजन कारको मर्मत गरेर पहिलेकै अवस्थामा ल्याउन तीन साता लागेको र भारी रकम खर्च भएको बताइएको छ । कारलाई पटक–पटक मर्मत गर्नु परेको पनि जनाइएको छ।

हरेक पटकको मर्मतपछि पनि कारमा नयाँ–नयाँ पाटपुर्जा नष्ट भएको भेटिएपछि यस्तो गर्नु परेको बीबीसीले उल्लेख गरेको छ। अर्कोतर्फ जीलका घर मालिक मुसाबाट छुटकारा पाउने उपायको खोजी गरिरहेका छन् भने जीलले भने पुनः उक्तः मुसाले नोक्सान पुर्‍याउन सक्ने डर आफूमा रहेको बताएकी जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ