arrow

एलियनले पठाए होलान् त बाल्टिक सागरमा अन्तरीक्ष यान ?

logo
प्रकाशित २०७५ भदौ १२ मंगलबार
alians.JPG

एजेन्सी । के एलियन (अर्का ग्रहका मानिस)ले स्पेस क्राफ्ट पृथ्वीमा पठाए होलान् ? यो आज पनि खोजिको विषय बनेको छ । यस्तै बाल्टिक सागरमा एलियनको स्पेस क्राफ्ट दुर्घटना भएको हुन सक्ने जनाइएको छ ।  स्वीडिश ओशन एक्स टीमले बाल्टिक सागरमा यस्तो अच्चमको चीज भेटेका छन् । जुन दोस्रो ग्रहको स्पेस क्राफ्ट जस्तो देखिन्छ । सो स्पेस क्राफ्ट जस्तो वस्तुबाट इलेक्ट्रोमेग्नेटिक तरंग निक्लिरहेको छ । साथै यसको बनावटमा रहेको धातु पृथ्वीमा कहि पाइदैन ।
 
एलियनले पठाएको भनिने सो स्पेस क्राफ्ट खोज्ने स्वीडिश ओशन एक्स टीमको नेतृत्व पीटर लिडेनबर्ग गरिरहेका थिए । साथै डेनिस एसबर्ग सो टीमका सहायक खोजकर्ता र क्याप्टेन हुन् । सो यानको विषयमा अनौठो कुरा भने, जब गोताखोर सो स्पेस क्राफ्टको नजिक पुगे तब उनीहरुसँग भएको उपकरणले काम गरेन । ती उपकरणले काम नगरेपछि खोजकर्ताहरु हैरान भएका छन् ।
 
उक्त खोज टोलिमा रहेका प्रोफेशनल डाइवर स्टीफन हॉगरबॉर्न भन्छन्, 'संभवत: त्यस उपकरणले इलेक्ट्रोमेग्नेटिक रेज निकालेको हुनुपर्छ । सेटेलाइट फोन्सले पनि सो यानको नजिक पुग्दा काम गर्न छाड्यो । सो समय हाम्रो टीम स्पेसक्राफ्टको नजिक ठीक माथि थियो । जब हामी उक्त स्पेस क्राफ्टबाट करिब २०० मीटर टाढा गएपछि हाम्रो उपकरणले काम गर्न थाल्यो ।' यसको नमुनाबाट यो कुरा स्पस्ट हुन्छ कि, यो कुनै जियोलोजिकल फरमेशन पनि हैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ