arrow

नवयुगको जिल्ला इलाममा मोटरसाइकल र्‍याली

सर्वाधिक गोलकर्ताको रुपमा चिनिएका नवयुगलाई हौसला बढाउनसँगै उनको सम्मानार्थ जिल्ला फूटबल संघको अगुवाईमा मोटरसाइकल र्‍याली निकालिएको हो ।

logo
प्रकाशित २०७२ फागुन ४ मंगलबार
rally.jpg.jpeg
काठमाडौं। २३ वर्ष पछि नेपाललाई साग च्याम्पियनसिपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका खेलाडी नवयुग श्रेष्ठको गृहजिल्ला इलाममा मंगलबार बिहान वृहत र्‍याली निकालिएको छ। साफ च्यापिम्यनसिपमा डबल ह्याट्रिकसँगै सर्वाधिक गोलकर्ताको रुपमा चिनिएका नवयुगलाई हौसला बढाउनसँगै उनको सम्मानार्थ जिल्ला फूटबल संघको अगुवाईमा मोटरसाइकल र्‍याली निकालिएको हो। र्‍यालीमा ५ सय बढी मोटरसाइकल रहेका थिए।
 
जिल्ला फूटबल संघका अध्यक्ष निरोज खड्गीका अनुसार  राष्ट्रिय झण्डासहित निस्किएको र्‍यालीले बिब्ल्याँटे हुँदै इलाम नगर परिक्रमा गरेको थियो। केही समय अघि बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकपमा पनि उत्कृष्ठ प्रदर्शन गरेका नवयुगलाई केही समय अघि जिल्लामा सम्पन्न माइभ्याली अन्तर्राष्ट्रिय गोल्डकपमा नगद एक लाख ५ हजार रुपैंयाँसहित सम्मान गरिएको थियो। नवयुग त्यहाँ उपस्थित नभएपछि उनको बुवाआमालाई सम्मान गरिएको थियो।

उक्त कार्यक्रममा अन्डर १९ का छिरिङ गुरुङलाई पनि ६३ हजार नगद सहित सम्मान गरिएको थियो। उनी इलामकै जमुना गाविसका हुन्। अध्यक्ष खड्गीका अनुसार चाँडै नवयुगलाई इलाममा आमन्त्रण गरेर विशेष कार्यक्रम गर्दै सम्मान गर्ने योजना फूटबल संघको रहेको छ।



नयाँ