arrow

‘साग’ : अन्तिम दिन नेपालाई तीन कास्य, जुडोको उपस्थिति सम्मानजनक

logo
प्रकाशित २०७२ फागुन ४ मंगलबार
judo-sag-3-kasye.jpg.jpeg
काठमाडौं । १२औं दक्षिण एसियाली खेलकुद सागको अन्तिम दिन जुडोमा नेपालले थप तीन कास्य पदक जितेको छ । महिला र पुरुष गरी ४ स्वर्ण पदकको लागि भएको खेलमा भारत र पाकिस्तानले समान २–२ स्वर्ण प्राप्त गरे ।
 
मंगलबार सिलोङ्गको पोलो ग्राउन्डस्थित कभर्डहलमा राउन्ड रोबिनको आधारमा भएको प्रतियोगिताको महिला ७० केजी मुनि गंगा चौधरीेले आफुलाई कास्य पदकमै सिमित गरिन् । अन्तिम क्षणमा आफुलाई सम्हाल्न नसक्दा उनी कास्यमै खुम्चिइन् । सो स्पर्धामा भारतकी पुजाले स्वर्ण, पाकिस्तानकी बेनिस खानले रजत र बंगालादेशकी जयाराथेंले कास्य पाइन् ।
 
यस्तै, महिलाको ७८ केजी मुनीको तौल समूहमा पुनम श्रेष्ठ पनि कास्य भन्दा माथी उक्लन सकिनन् । सो तौलमा पाकिस्तानकी मुमताज फौजीले स्वर्ण जितिन् । भारतकी अरुनाले रजत र श्रीलङककी डब्लुजिएलडी जयवर्दनेले कास्य पाइन् ।
 
पुरुषतर्फको १०० केजी मुनीको तौलमा शिब बहादुर बरामले कास्य जिते । सो स्पर्धामा पाकिस्तानले स्वर्ण, भारतले रजत र अफगानिस्तानले कास्य पायो । जुडोमा नेपालको उपस्थिति सुखद नै रहयो । जुडोमा नेपालले १ स्वर्ण, २ रजत र ६ कास्य पदक ल्यायो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ