arrow

अपहरण गरी महिलाको मासु पकाएर खान्थे प्रहरी

logo
प्रकाशित २०७५ भदौ १३ बुधबार
femme-baton-rouge_0.jpg

काठमाडौं। अमेरिकाको न्यूयोर्क शहरको एक प्रहरीलाई महिलाको अपहरण गरी बलात्कार, हत्या र त्यसपछि महिलाको शव काटेर पकाएर खाएको आरोपमा गिरफ्तार गरिएको छ।

सुन्दै डरलाग्ने र आङै जिरिङ हुने त्यस्तो काम गर्ने व्यक्ति हुन् ३१ वर्षे गिल्वर्टो भल्ले। ६ वर्षदेखि प्रहरी सेवामा रहेका उनले अर्का एक जना साथीसँग मिलेर झण्डै एक सयभन्दा बढी महिलाको नामावली तयार पारेको पनि जनाइएको छ।

भिल्लेको पीडित सूचीमा रहेकाहरुका बारेमा प्रहरीले उनका कम्प्युटरसहितको सामग्री जफत गरेपछि फेला पारेको हो। संघीय अनुसन्धान ब्यूरोका अनुसार भिल्लेले पीडित महिलालाई अपहरणपछी बलात्कार गरी पिडीत महिलाको मासु पकाएर खान आफ्नो भान्सामा ल्याउनुअघि बेहोश बनाउन क्लोरोफर्म नामक औषधि प्रयोग गर्ने गरेका थिए।

 तर भिल्लेका वकिलले आरोपलाई गलत भनेका छन् । सरकारी वकिलले भने उक्त व्यक्तिमाथि लगाइएको आरोप पुष्टि हुने दावी गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ