arrow

नेपाली टेलिभिजनमा सफल कार्यक्रम 'नेपाल आइडल'

logo
प्रकाशित २०७५ भदौ १३ बुधबार
Nepal-Idol-Season-2-.jpg

काठमाडौं । नेपालको हालसम्मकै ठूलो सिंगिंग रियालिटी शो नेपाल आइडलले संसारभर छरिएर बसेका लाखौँलाख नेपालीको मन जित्न सफल बनेको छ । देशभित्रबाट मात्र नभई बिदेशमा बस्ने नेपालीहरु समेत प्रतिस्पर्धीका रुपमा नेपाल आइडलको प्रतिस्पर्धामा खरो रुपमा उत्रिएका छन ।  

‘नेपालमा यो मंच नेपाली युवाहरुका लागि सुनौलो अवसर समेत प्रमाणित भयो । टेलिभिजनबाट टाढिईसकेका नेपाली दर्शकलाई समेत नेपाल आइडलले पुनः  नेपाली टेलिभिजन नजिक ल्यायो । वास्तवमा यसले नेपाली टेलिभिजनमा नयाँ अवसरहरुको ढोका खोलिदियो’ प्रोग्रामका प्रोजेक्टहेड, निर्देशक तथा एपिवान टेलिभिजनका अप्रेशन निर्देशक सुरेश पौडेलले सुनाए ‘ गायन सम्भावना बोकेका युवा प्रतिभाहरुलाई देशका कुनाकाप्चाबाट खोजेर ल्याएर उनीहरुका प्रतिभामात्र नभै व्यक्तित्वसमेत प्रस्फुटन गराई सामान्य अवस्थाबाट विशिष्ट  अवस्थामा पुर्याईन्जेलसम्म उनीहरुमा आएको परिवर्तन वास्तवमै हेर्न लायक हुने गर्दछ ।  त्यसैले सामान्य दर्शकले तुरुन्त आफूलाई यससँग जोड्न पुग्छन । त्यसैले संसारभरका दर्शकलाई आइडलको हर सिजनको प्रतिक्षा रहने गर्दछ । नेपालमा पनि यो चलन गतवर्षदेखि आरम्भ भैसकेको छ ।’

 ‘यो शोको तुलना अरु कुनै शोसँग हुनै सक्दैन, न प्रतिस्पर्धा नै । प्रतिस्पर्धा छ त आफैसँगमात्र । नेपाल आइडल प्रसारण हुने दिन, खास गरि विदेशमा रहेका दर्शक युट्यूबमा हजारौको संख्यामा प्रतिक्षारत हुने गर्दछन’ उनले भने ‘दशौ हजार कन्करेन्ट भ्यूअर प्रतिक्षारत रहने एकमात्र नेपाली शो नेपाल आइडल हुदै आएको छ  जुन दिनानुदिन बढिरहेको छ । गतहप्ता मात्र यसको कन्करेन्ट भ्यूअरशिप ४२ हजारसम्म पुगेको थियो । यो वास्तवमै एतिहासिक उपलब्धि हो जुन आजको दिनसम्म अकाट्य छ ।’  

उनका अनुसार नेपाल आइडलको पहिलो सिजनमा  १५ हजार जनाले प्रतिस्पर्धीका रुपमा सहभागीता जनाएका थिए । नेपाल आइडलको दोस्रो सिजनको अडिसन राउण्ड भर्खरै सकिएको छ । दोस्रो सिजनमा स्वदेश देखि बिदेश सम्मका नेपाली युवा सहित २० हजार जनाले प्रतिस्पर्धीका रुपमा सहभागीता जनाएका छन ।  धरान , हेटौडा, बिरगंज, भैरहवा, धनगढी, पोखरा र काठमाडौमा अडिसन भएको थियो ।
‘पहिलो सिजनभन्दा दोस्रो सिजन अझ परिष्कृत रुपमा आएको सर्वत्र चर्चा छ जसले आरम्भदेखि नै युट्युबमा रेकर्ड भ्युअरशिप पायो । भनिरहनु नपर्ला यो भ्यूअरशिप कुनै पनि प्रकारको कृत्रिमतारहित नितान्त अग्र्यानिक छ’ पौडेलले दाबी गरे ।

सन् २००१ मा बेलायती टेलिभिजन प्रोड्युसर साइमन फुलरले “पप आइडल” का रूपमा शुरु गरेको सांगीतको यो महासंग्राम बाँकी देशमा सम्बन्धित देशको नामसँग आइडल जोडेर आउने गर्दछ ।संसारमा सबभन्दा धेरै हेरिने तथा सबभन्दा बढी मनोरञ्जन दिने सफल कार्यक्रमको रुपमा स्थापित आइडल सिरिज आज पनि १५० देशहरुमा लोकप्रिय छ ।

देशैभरबाट एकत्रित भएका प्रतिस्पर्धीहरुबीच अडिशनपछिका प्रतिस्पर्धाहरु धमाधम चलिरहेका छन् जहाँ सबै एक से एक प्रतिस्पर्धीहरु आफुलाई निखार्नका लागि साधनारत छन् । गला र कला दुवैको सङ्गम नेपाल आइडलका अझै रोमान्चक एपिसोडहरु आउन बाँकी छन ।
‘नेपाल आइडल हाम्रो लागि भगवान बनेर आईदिएको छ’ पोखराकी सपना गुरुङले सुनाईन् ‘आफ्नो क्षमता देखाउने र भविष्य निर्माण गर्ने अन्तराष्ट्रिय माध्यम नेपाल आइडल बनिसकेको छ ।’ नेपाल आइडलको दोस्रो सिजनमा बिजेता बन्नेले होन्डाको डब्लुआरभी गाडी सहित २२ लाख रुपैयाँ नगद, एक एल्बम र विश्व टुरको अवसर पाउछन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ