arrow

सुनको एके–४७ राईफल जफत

logo
प्रकाशित २०७५ भदौ १३ बुधबार
golden-ak-47.jpg

काठमाडौं। दक्षिण अमेरिकी मुलुक होन्डुरसमा एक एके–४७ राईफल जफत गरिएको छ, जसमा सुनको जलप लगाइएको छ । त्यस्तै उक्त राईफलमा गोलीलाई तेज रफ्तारमा चलाउने एक पदार्थ (कारतुस) भेटिएको छ, जुन चाँदीको भएको बीबीसीले जनाएको छ ।

४३ लाख रुपैयाँ भन्दा बढी पर्ने उक्त एके–४७ राईफल लागूपदार्थ कारोबारीको हुन सक्ने अनुमान गरिएको छ । त्यहाँको राजधानी तेगुसिग्ल्पाबाट ३ सय किलोमिटरको दुरीमा रहेको एक फर्ममा छापा मार्दा उक्त राईफल जफत भएको जनाइएको छ ।

त्यससँगै त्यहाँबाट ठूलो मात्रामा अन्य हतियार, सैन्य समाग्री तथा कयौं पासपोर्ट समेत बरामद भएको छ । त्यहाँका प्रहरी अधिकारीहरुले सुनको जलप भएको उक्त एके–४७ ‘ड्रग माफिया’को भएको बताएका छन् ।

प्रहरीका अनुसार उक्त राईफलको डिजाइन शानदार रहेको छ । वर्ष सन् २०११ मा जारी गरिएको संयुक्त राष्ट्रसंघको आंकडा अनुसार होन्डुरसमा विश्वमै बढी हत्या–हिंसा हुने देखाएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ