arrow

१५ बर्ष टिक्ने मोबाईल ब्याट्री

logo
प्रकाशित २०७५ भदौ १३ बुधबार
low-battery.jpg

काठमाडौँ। विश्वको टेक्नोलोजीमा निर्भरता बढिरहेको समयमा नेपाल जस्ता बिकाशसिल देशमा मोबाईल फोन अहिले मानिसको जिवनको अभिन्न अंगको रुपमा स्थापित भैसकेको छ ।

अब चिन्ता लिनु पर्दैन १५ बर्ष लगातार चल्ने मोबाईलको बिकास भएको छ। १५ बर्ष त्यो पनी डबल 'ए' ब्याट्रिले पत्याउन नसकिने कुरो, तर सत्य हो। हालै अमेरिकाको लास-भेगासमा भएको सीईएस (Consumer Electronic Show) मा पेश गरिएको छ। यती मात्र होईन फोनबाट सिम कार्ड बिना अत्यावश्यक कल गर्न सकिने पनि उक्त कम्पनीको दावी छ।

उक्त फोनमा ब्याट्रीलाई स्क्रिनमा नै अनुभव गर्न सकिन्छ । कम्पनीका अनुसार उक्त फोनलाई आवश्यक परेको बेला मात्र प्रयोग गरे पनि हुन्छ यानी तपाई उक्त फोनलाई महिनौ या बर्षौसम्म थन्काएर राखन् सक्नु हुने छ।

 यसरी प्रयोग गर्दा पनि ब्याट्रिले धोखा नदिने कम्पनीको दावा छ। कम्पनीका अनुसार उक्त फोनमा लगातार १० घण्टासम्म कुरा गर्न सकिन्छ।

उक्त फोनमा उपलब्ध विशेष एप्सले फोनलाई सजिलै पत्ता लगाउन सकिने पनि कम्पनीको दावी छ। यो फोनको बिशेषता भनेको १० वटा नम्वरमा मात्र फोन गर्न सकिने छ। यसमा भएको १० वटा बटन थिचेर फोन गर्न सकिने छ। तर १५ बर्ष ब्याट्रि चल्नु नै यो फोनको प्रमुख विशेसता हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ