arrow

संसर्गले हुनसक्छ हृदयाघात

logo
प्रकाशित २०७५ भदौ १३ बुधबार
Sexual-Health-Problems1.jpg

काठमाडौं। यौन सम्बन्धबाट नचाहँदा–नचाहँदै गर्भ रहने खतरा त छँदै नै छ, अर्को एक खतरा पनि देखिएको छ, त्यो हो–मुटुमा पर्ने असर ।  बीबीसीका अनुसार शोधकर्ताको भनाई छ कि शारीरिक सम्बन्धका समयमा समेत मुटुमा गम्भीर असर पर्न सक्छ ।

 शोधकर्ताले ४५ जना मानिसमा मुटुमा हुने समस्या मध्ये १ जना मानिसमा यस्तो समस्या यौन सम्बन्ध कायम गरिरहेको समयमा हुने पाएको जनाइएको छ । त्यस्तै समाचारमा भनिएको छ कि फ्रान्सका पूर्व राष्ट्रपति फेलिक्स र कम्तिमा २ जना पोप यस्ता छन्, जसको मृत्यु शारीरिक सम्बन्ध कायम गरिरहेको समयमा मुटमा भएको गम्भीर समस्या (हर्टअट्याक)को कारण भएको थियो ।

 त्यतिमात्रै होइन्, शोधकर्ताका अनुसार जो व्यक्ति एकल यौन गतिविधिमा सक्रिय हुन्छन्, उनीहरु अन्धोपनाको शिकार समेत हुन सक्छन् । यस प्रकारको मामिलामा श्वासप्रश्वास रोकिने कारणबाट समेत मानिसको मृत्यु हुन सक्छ ।

 तथापी यस किसिमको मामिला भने निकै कम बाहिर आएको जनाइएको छ । हलिउड अभिनेता डेविड केराडाइन, गायक माइकल हचेन्स तथा बेलायतका एक सांसदको मृत्यु यसै कारण भएको बीबीसीले उल्लेख गरेको छ ।

एक अध्ययन अनुसार क्यानाडाको २ राज्यमा यस प्रकार कम्तिमा १ सय १७ जना व्यक्तिको ज्यान गएको तथ्यांक पाइएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ