arrow

यसकारण महत्वपूर्ण छ जनसम्पर्क समिति विश्व संजाल – चित्र केसी

logo
प्रकाशित २०७५ भदौ १४ बिहिबार
chitra-kc-congress-sanjal-vp.jpg

भारतमा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु संगठित गर्न प्रजातन्त्रका संवाहक तथा नेपाली कांग्रेसका संस्थापक नेता र पहिलो जननिर्वाचित प्रधानमन्त्री महामानव बिपी कोईरालाले  नेपाली कांग्रेसको लोकत्रान्त्रिक आन्दोलनका गतिबिधिहरुको अभियानलाई गतिशील रुपमा अगाडि बढाउन नेपाली जनसम्पर्क समिति भारतको गठन गरेका थिए । विदेशमा रहेका नेपाली कांग्रेसका नेता र कार्यकर्ता तथा शुभेक्षुकलाई संगठित गर्ने हेतुले  स्थापना गरिएको नेपाली जनसम्पर्क समिति अहिले विश्वका चार दर्जन मुलुकहरुमा सकृय छन् ।

लोकतन्त्र, राष्ट्रियता र समाजवाद नेपाली जनताका हक अधिकारहरुका आधारभूत सेवा र सुबिधाहरूको आवश्यकतालाई सम्बोधन गर्ने तमाम देश प्रेमी तथा राष्ट्र भक्त लोकतान्त्रिक बिचारको शक्ति नेपाली कांग्रेसको चार तारे झण्डा मुनि गोलबन्द छन् । नेपालीहरुको हक, हित र मानव अधिकारको रक्षार्थ र पार्टीको मजबुदी बनाउने जिम्मेवारीसहित अन्तर्राष्ट्रिय नेपाली जनसम्पर्क समन्वय समिति विश्व संजालको अहिले गठन गरिएको छ। 

यसको महत्व कत्तिको छ त भन्ने विषयमा विश्व संजालका उपसभापति चित्र केसीसंग गरिएको कुराकानी –

अहिले नेपाली जनसम्पर्क समितिको  के महत्व छ ? 
नेपाली जनसम्पर्क समितिले नेपालको लोकतान्त्रिक आन्दोलनमा ठुलो बलिदानसहितको योगदान र समर्पण गरेको नेपाली कांग्रेस पार्टीको भातृसंगठन हो । त्येसैले नेपाली कांग्रेस पार्टीले बिदेशमा रहने नेता कार्यक्रता र शुभेक्षुकहरुको कार्य अनुसारको जिम्मेवारीलाई कदर गर्दै ऐतिहासिक भातृसंगठनलाई एक नेपाली जनसम्पर्क समितिलाई, एक निर्वाचन क्षेत्र बाराबारको हैसियत प्रदान गरी १२ औं महाधिवेशनदेखि केन्द्रिय नेतृत्व चयन र बिधिबिधान निर्माणमा सहभागी गरी पार्टीको अभिन्न अङ्गको रुपमा जिम्मेवारी दिई मार्गनिर्देश गर्दै आरहेकोमा विदेशमा रहने सबै लोकतन्त्रबादीहरुको माऊ पार्टी नेपाली कांग्रेस प्रति धेरै आभारी छौं ।

राष्ट्रिय नेपाली जनसम्पर्क समिति हुँदा हुदै अन्तर्राष्ट्रिय समन्वय समिति बिश्व संजाल किन जरुरत भयो ?
जननायक बीपी कोईरालाद्वारा भारतबाट स्थापना भएको नेपाली जनसम्पर्क समिति अहिले विश्वको ४ दर्जन मुलुकहरुमा समितिको संजाल फैलिएको छ। यी समितिहरुलाई समन्वय गर्न र पार्टीभित्र भएको गुट उपगुट बन्दीलाई खतम गर्न बिश्व संजालको महत्वपूर्ण भूमिका हुन्छ । विश्व भरी छरिएर रहेका आमनेपाली कांग्रेसका नेता तथा कार्यकर्ता एवम् शुभचिन्तकहरुलाई  संगठित गरी नेपाली कांग्रेस पार्टीलाई मजबुद र बलियो बनाई सहयोग गर्नु नै विश्व संजालको मुख्य जिम्मेवारी हो । पार्टीको  मजबुदीको लागी आपसी सदभाव र भाईचाराको सम्बन्धले सकारात्मक रुपमा  संगठित हुनुको अर्को बिकल्प  छैन। विश्व संजालको प्रमुख काम र कर्तब्य भनेको पार्टीको नीति र निर्देशनभित्र रहेर पार्टीका हरेक गतिबिधिलाई सक्रिय रूपमा सहयोग गर्ने हुनेछ। पार्टीको संस्थागत विकास गर्न आर्थिक, भौतिक, राजनैतिक, बैधानिक र सांगठानिक सबै पक्षलाई सहयोग गर्न विश्व संजालले पूरा मद्धत पुराउने छ । नेपाली जनसम्पर्क समितिका सक्रिय नेता तथा कार्यकर्तालाई काम गर्ने खुला मैदानको स्वच्छ वातावरण निर्माण गर्नेछ । नेपाली  जनसम्पर्क समितिको कामको क्षेत्र धेरै फराकिलो हुनेछ। अहिलेको पार्टी कमजोर भएको अबस्थामा विश्व संजालले नेपाली कांग्रेसको एक मेरुदंडको रूपमा कार्यकर्ताहरुको उच्च मनोवल र भरोशा प्रदान गरी पार्टीलाई थप शसक्त बनाउन गर्ने काममा अहम भूमिका निर्वाह गर्ने छ।यसै कारण हामीले विश्व संजाल गठन गरेका छौं।

के विश्व संजाल गठन गर्न  घनिघुत छलफल भएको थियो ?
नेपाली जनसम्पर्क समितिहरुमा विश्व संजालको आबश्यकताको महसुस सबै देशका जनसम्पर्क समितिका साथीहरुले गर्नु भएको थियो। तर कसरी गठन गर्ने भन्ने बिधि र प्रकृया अलि नमिलेको थियो । बिगत केहि समयअघि देखिबाट यसको गठन गर्नु पर्दछ भनेर बिभिन्न पक्षहरुमा अनौपचारिक छलफल र बहस पनि चलिरहेको थियो । संसारको विभिन्न मुलुकमा बस्ने मानिसको समय फरक हुने भौगोलिक रुपमा एकै ठाउँमा हुन कठिनाई  भएकोले भौतिक रुपमा एकै ठाउँमा हुन सकिएन । तर पनि छल फल भएको छ। हुँदै छ। यो हाम्रो संगठनको आन्तरिक कुरा भएकोले सबैको भावना मर्म र नेपाली कांग्रेसका आदर्शको बारेमा सधै छलफल बहस हुँदै जान्छन् । 

के पार्टीको अनुमतिले बिश्व संजाल गठन गरेको हो ? 
यो सुरुवातको प्रकृया भएकोले नेपाली कांग्रेसले हरेक देशको राष्ट्रिय नेपाली सम्पर्क समितिलाई मात्र प्रतिनिधि सभाको एक निर्वाचन क्षेत्र बराबर मानेको छ तर बिश्व संजालको बारेमा कुनै ब्यबस्था विधानले गरेको छैन । पहिला राष्ट्रिय जनसम्पर्क समितिलाई पनि विधानले मान्यता दिएको थिएन । तर पछि २००९ सालमा विधानले ब्यबस्था गरेको थियो। अहिले बिश्व संजाल पनि बिधानमा नभएकोले पार्टीको अनुमति भन्दा पनि शिर्ष र मुख्य नेता तथा जनसम्पर्क समितिका अग्रज तथा सभापति, महाधिबेसन प्रतिनिधि एबम् महासमिति सदस्य, सुभेक्षुकहरुको सल्लाह सुझावले गठन गरेका हौं ।

यो विश्व संजालमा सबै समेटिएका छन त ? 
यो अहिले हामीले गठन गरेको तदर्थ समिति भएकोले एकै ठाउमा भेला हुने सम्भावना न्यून भएको भौगोलिक दृष्टिले पनि हो । शुरूको गठन प्रक्रियामा सबै साथीहरूलाई एकै चोटी पहिलो चरणमा समेटन सकिएको छैन तर हाम्रो अभियान निरन्तर जारी छ। छुटेका साथीहरुलाई समायोजन गर्ने र संजाललाई मजबुद बलियो बनाउने। जुन साथीहरु छूटनु भएको छ। छुटेका सबै साथीहरूलाई समेटेर एक साथ जाने छौं । शुरूको चरणमा केहि छुट फुट भएकोले सामान्य बिरोधका  स्वरहरू आए पनि अहिले संजालको आवश्यकता र औचित्यको पुस्टि  साथीहरुलाई  हुँदैछ। त्यसैले सबै साथीहरू सकारात्मक नै हुनुहुन्छ।

यो तदर्थ समिति हो भने यसको महाधिबेसन कहिले हुन्छ त ?
अहिले हामीले गठन गरेको विश्व संजाल तदर्थ समिति नै भएकोले पार्टीका नेता ज्यूहरूसंग मौखिक रूपमा छलफल धेरै नै भएकै छ। यस बारेमा उहाँहरू सकारात्मक हुनुहुन्छ। यसको गठन प्रक्रिया र पार्टीले सम्बोधन गर्ने विधानले स्पस्ट गर्नेछ। त्यसको लागी केहि समय पछि पार्टीको महासमितिको बैठक हुँदैछ। त्यस बैठकमा बिश्व संजालको उद्धेश्य र आवश्यकताको बारेमा महासमिति बैठकमा हाम्रो एजेण्डा राख्ने छौं । किनकि यस संजालमा आबद्ध अधिकतम महासमिति सदस्यहरु छौं ।
(बाग्लुङमा जन्मी बुटवलमा स्थाई बसोबासरत केसीले अबुधाबी, युएईलाई आफ्नो कर्मभूमि बनाएका छन्। समाजशास्त्रमा स्नातकोत्तर केसी नेविसंघको राजनीतिक पृष्ठभूमि भएका व्यक्ति हुन्। केसी नेपाली जनसम्पर्क युएईको संस्थापक सभापति र १३ औं महाधिवेशनका महासमिति सदस्य हुन्। युएईका बिभिन्न नेपाली संघ संस्थाहरुमा सकृय केसी गैर आवासीय नेपाली संघ युएईका आईसीसी सदस्य निर्वाचित भएका छन् )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ