arrow

१०६ वर्षे वृद्धको आँखाको सफल शल्यक्रिया

logo
प्रकाशित २०७५ भदौ १४ बिहिबार
dr-sitaula.jpg

काठमाडौं। आँखारोग विशेषज्ञ रञ्जु सिटौलाले १०६ वर्षे वृद्धको सफलतापूर्वक शल्यक्रिया गरेकी छिन्। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको बिपी कोइराला लायन्स आँखा उपचार केन्द्रमा डा सिटौलाले मोतिबिन्दुका कारण दुवै आँखा धमिलिएका १०६ वर्षे नरबहादुर ठकुरीको शल्यक्रिया गरेकी हुन्। 

अस्पतालमा सबैभन्दा बढी उमेर भएका व्यक्तिको आँखाको शल्यक्रिया गरिएको यो नै पहिलो पटक भएको डा सिटौलाको दावी छ। दोलखा निवासी ठकुरीको सोमबार देब्रे आँखाको शल्यक्रिया भएको थियो। दाहिने आँखाको शल्यक्रिया तीन हप्ताअघि गरिएको थियो। दुवै आँखाको शल्यक्रियापछि पूरै छयाङ्गै देख्न थालेका ठकुरीले खुशी व्यक्त गरेका छन्। 

जीवनको उत्तरार्धमा पनि ठकुरी तन्दुरुष्ट छन्। हँस्मुख ठकुरी अहिलेसम्म थला परेका छैनन्। दुई महिना अगाडि मात्र उनका आँखा धमिला भएका थिए। डा सिटौला सामान्यतया मोतिबिन्दु ५० देखि ६० वर्ष पुगेका मानिसहरुमा देखिने बताउँछिन्। आँखाको कालो नानीभित्र रहेको लेन्समा सेतो बादल जस्तो देखिने समस्यालाई मोतिबिन्दु भनिन्छ। मोतिबिन्दुमा आँखा दुख्दैन तर क्रमशः दृष्टि क्षमतामा कमी आउँदै जाने हुन्छ। 

समयमा नै उपचार भएन भने मोतिबिन्दुले आँखाको देख्न सक्ने क्षमता पूरै ह्रास गरिदिन्छ। यसको उपचार भनेको नै शल्यक्रिया हो। शल्यक्रिया गरेर आँखाको लेन्समा रहेको बादल जस्तो पदार्थ निकालिन्छ।

Image may contain: 3 people, people standing and text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ