arrow

चीनमा अर्को ‘सगरमाथा’ !

logo
प्रकाशित २०७५ भदौ १४ बिहिबार
Qomolangma_National_Park1.jpg

हङकङ । चीनले नेपालको सीमा क्षेत्रमा सगरमाथाको नाममा विश्वकै अग्लो नेशनल पार्क निर्माण गरेको छ । सन् २०१२ मा खुला गरिएको ‘चोमोलोङ्मा नेशनल पार्क’ तिब्बतको ७८ हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।

सगरमाथालाई तिब्बती भाषामा चोमोलोङ्मा भनिन्छ । तिब्बतलाई विश्वकै महत्वपूर्ण गन्तव्य बनाउने अभियानमा रहेको चीनले सो क्षेत्रमा निर्माण गरेको तेस्रो नेशनल पार्क हो ।

 सन् २०१२ मै  चीनले तिब्बतमा ‘नाम्तसो नेशनल पार्क’ खुला गरिएको थियो । विश्वकै अग्लो भू–भागबाट बग्ने नदीको नाममा ‘यार्लुङ जाङ्बो ग्रान्ड क्यानन नेशनल पार्क’ २०१० मा स्थापना गरिएको थियो ।

 चोमोलोङ्मा पार्कले नेपालसँग सीमा जोडिएको तिब्बतको सिगात्से क्षेत्रका ६ जिल्लालाई समेटेको चीनका सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 सिगात्सेका पर्यटन ब्युरो उपप्रमुख सुन योङपिङका अनुसार विश्वकै अग्लो भू–भागमा स्थापना भएको पार्कले ८ हजार ८ सय ४८ मिटर अग्ला र ५ र ७ हजार मिटरका १० वटा हिमाल समेटेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ