arrow

नक्कली भारतीय रुपैयाको कारोबार गर्ने पक्राउ

logo
ईश्वर दत्त बडू ।
प्रकाशित २०७२ फागुन ४ मंगलबार
indian-currency-exchange.jpg.jpeg
क्ञ्चनपुर । नक्कली भारतीय रुपयाको कारोबार गर्ने एक जना प्रहरीद्धारा पक्राउ नेपाली रुपयासँग भारतीय रुपया सटही गरिदिने भन्दै भारतीय नक्कली नोटको कारोबार गर्ने एक जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।  वडा प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक कर्ण वहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले भी. न. पा. २ महुलिया बस्ने  गणेश रावललाई पक्राउ गरेको हो ।
 
भी. न.पा. ४ चम्मनचौक स्थित रावल रेष्टुरेन्ट सञ्चालन गर्दै आएका बर्ष २६ का रावलले आफुसँग सय दरका भारतीय रुपैया रहेको र नेपाली रुपैँयासँग भारतीय रुपैया सटही गरिदिने भन्दै नक्कली भारतीय रुपैया दिएर बिभिन्न ब्यत्तिहरुलाई ठगी गर्दै आएको प्रहरीले जनाएको छ । अहिलेसम्म ठगिनेमा डबल बहादुर सिह तिलकपुर, मन्जु सिह कटान, खगेन्द्र नाथ निम्बुखेठा, तथा कल्पना गिरी सुडा रहेका छन् ।
 
नक्कली भारतीय नोटको कारोबार गरी ठगी गर्दे हिड्ने रावलको साथबाट सय दरका भारतीय रुपैया सहित निजले प्रयोग गर्ने से.१प ३०३७ नम्वरको मोटरसाइकल समेत बरामत गरेको छ । अन्य पनि थुप्रै ब्यक्तिलाई ठगी गरेको हुन सक्ने भन्दै यस बिषयमा थप अनुसुन्धान भइरहेको प्रहरीले जनाएको छ । रावललाई अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ । रावललाई उनले सञ्चालन गर्दै आएको रावल रेष्टुरेन्टबाटै प्रहरीले भारतीय रुपैया सहित पक्राउ गरेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ