arrow

एेतिहासिक संरचना निर्माणमा विदेशीलाई काम नदिने, पूरा होला राष्ट्रिय संकल्प ?

logo
प्रकाशित २०७२ फागुन ४ मंगलबार
KTM-dharahara-punanirman-8.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहित गरेर व्यावसायिक उत्पादनमा जोड दिने बताएका छन् । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा मंगलबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको २७ औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु घरेलु तथा उद्यमी पुरस्कार कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै  ओलीले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि राष्ट्रिय उत्पादनमा जोड दिनुपर्ने बताएका हुन् । 
 
स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाउन सकिए विद्यमान व्यापार घाटा कम गर्न सकिने बताउँदै प्रधानमन्त्री ओलीले स्वदेशमा खपत हुने र उत्पादन गर्न सकिने सामग्री पर्याप्तरुपमा उत्पादन गर्नुपर्नेमा उद्योगीको ध्यानाकर्षण गराए । देशको स्रोत र साधनलाई समुचित प्रयोग गर्नसकेमा नेपाल अधिकांश वस्तुमा आत्मनिर्भर बन्नसक्ने उल्लेख गर्दै ओलीले भने, “हाम्रो देशमा अन्यत्रको भन्दा राम्रो उत्पादन हुन्छ, त्यसलाई ध्यान दिएर उत्पादन र प्रयोगमा जोड दिनुपर्छ ।” 
 
गुणस्तरीय उत्पादनमा ध्यान नदिएकाले स्वदेशी उत्पादनले बजार पाउन नसकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय उत्पादन गर्नेतर्फ उद्योगीको ध्यान जानुपर्ने बताए । स्वदेशी उत्पादनलाई सस्तो बनाउनका लागि उत्पादन लागत कम गर्नुपर्ने र उत्पादनको आयतन बढाउनुपर्नेमा ओलीको जोड छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताका साथ अगाडि बढ्ने समय आएको उल्लेख गर्दै मुलुकलाई समृद्ध र विकसित बनाउने सङ्कल्पका साथ अगाडि बढ्न सबैलाई आग्रहसमेत गरे । 
 
उद्योगमन्त्री सोमप्रसाद पाण्डेले स्वदेशी उत्पादनलाई राज्यका सबै निकायले प्रयोग गर्नुपर्नेमा जोड दिँदै स्वदेशी उत्पादनमा जोड दिने उद्योग तथा उद्योगीलाई सरकारले सहयोग गर्ने बताए । मन्त्री पाण्डेलेले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकासबाटै देशको अर्थतन्त्र मजबुत बनाउन सकिने भएकाले यस कार्यका लागि सबैको सहयोग आवश्यक रहेको औल्याए । 
 
कार्यक्रममा निजी क्षेत्रका विकास समितिका अध्यक्ष जगन्नाथ नेपाल र समितिका निमित्त कार्यकारी निर्देशक निलम ताम्राकारले स्वदेशी उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले हरेक वर्ष औद्योगिक प्रदर्शनी गर्दै आएको उल्लेख गर्दै यसलाई व्यापक बनाउन सबै क्षेत्रको सहयोग आवश्यक भएको बताए । निर्देशक ताम्राकारले फागुन ९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ७५ जिल्लाबाट ३०० भन्दा बढी उद्योगीले भाग लिएको र प्रदर्शनी अवधिभर सात लाखले अवलोकन गर्ने र रु आठ करोडको कारोबार हुने अपेक्षा गरिएको सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ