arrow

फेसबुक घटना : नेदरल्याण्डको चर्चित फेसबुक हत्याकाण्ड

logo
प्रकाशित २०७५ भदौ १४ बिहिबार
teens-using-facebook.jpg

काठमाडौं। सामाजिक सञ्जाल फेसबुक जति प्रभावकारी छ, त्यतिनै यो हानिकारक पनि हुन सक्छ । फेसबुकका कारण विश्वमा मानिसले ज्यानै समेत गुमाएका छन् । त्यस्तै फेसबुकको दुरुपयोगले निम्ताउने घटना त गणनागरी साध्य छैन ।

नेपालमै पनि बेलाबेलामा विभिन्न फेसबुक दुरुपयोगकाण्ड हुँदै आएका छन् । यहाँ चर्चा गर्न लागिएको फेसबुककाण्ड भने नेदरल्याण्डको हो । नेदरल्याण्डमा एक हत्याको घटना ‘फेसबुक मर्डर’को नामबाट चर्चित छ ।

सन् २०१२ मा  नेदरल्याण्डको अदालतले १८ वर्षीय पाली नामक युवक र उसकी १६ वर्षीया प्रेमिका वेसलीलाई एक स्कुल विद्यार्थीको हत्या मामलामा २ वर्षको जेल र ३ वर्षसम्म अनिवार्य मानसिक उपचारसहितको मनोपरामर्शको आदेश सुनाएको थियो।

अदालतका अनुसार यो हत्या प्रकरण फेसबुकमा सुरु भएको एक सामान्य विवादपछि भएको थियो । अदालतले १८ वर्षीय पाली र १६ वर्षीया वेसलीलाई तेस्रो १५ वर्षीय किशोर जिनहुआलाई अर्का १५ वर्षीय विद्यार्थी जोयन्स विन्सीको हत्या गर्न उक्साएको मामलामा दोषी पाएको थियो।

विद्यार्थी जोयन्स विन्सीको हत्यामा दोषी पाइएका १५ वर्षीय किशोर जिनहुआलाई त्यसअघि  १ वर्षको जेल सजाय र ३ वर्षसम्म मनोपरामर्श संस्थामा राख्ने आदेश दिईसकेको थियो । किशोरलाई हत्या गर्न उक्साएको आरोपमा १८ वर्षीय किशोर पाली र उसकी १६ वर्षीया प्रेमिकालाई यस घटनामा दोषी पाएको हो ।

अदालतका अनुसार फेसबुकको विवादपछि हत्या भएको हो । समाचारका अनुसार स्कुल विद्यार्थी पाली र जोयस एकअर्काका साथी थिए । यिनीहरुकाबीच विवाद उत्पन्न भयो । तब जोयसले पालीको फेसबुक वालमा केही कमेन्ट पोस्ट गरे । त्यसपछि विवादले उग्र रुप लियो र त्यसले हत्यासम्म निम्तायो । जोयन्स विन्सीलाई यसैवर्षको जनवरीमा आर्नहेमस्थित आफ्नै घरमा चुक्कु प्रहारगरी हत्या गरिएको थियो ।

जोयन्सको हत्या गरेका जिनहुवाले आफूलाई पालीले उक्त घटना घटाउन दबाब दिएको दाबी अदालतमा गरेका थिए । उनले आफूले पालीको आदेश इन्कार गर्न नसकेको बताएका थिए । जिनहुवाले हत्या गर्न पालीले पैसा दिएको भन्ने कुराको भने इन्कार गरेको बीबीसीले जनाएको थियो।

विशेषज्ञहरुले भने हत्यामा प्रत्यक्ष संलग्न किशोर जिनहुवा मानसिक रुपले ग्रसित भएको बताएको उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ