arrow

भिडियो सेवा ल्याउने तयारीमा फेसबुक, युट्युबलाई चुनौती 

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
facebook-video-service.png

एजेन्सी। सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्नै भिडियो सेवा विश्वव्यापीरुपमा ल्याउने भएको छ। अमेरिकामा परीक्षणको रुपमा सुरु गरिएको यो सेवा एक वर्षपछि विश्वव्यापीरुपमा सार्वजनिक गर्ने तयारीमा फेसबुकले बताएको छ। अहिले ल्याइएको योजनाअनुसार मानिसहरुले भिडियोको रेन्जको आधारमा भिडियोको छनोट गर्नसक्ने र त्यसलाई आफ्नो न्युजफिडमा राखेर मन लागेको समयमा पनि हेर्नसक्ने बताइएको छ। 

कम्पनीले आफ्नो नयाँ सेवामा बीचमा विज्ञापनको ब्रेकको योजना पनि ल्याएको छ। अहिलेसम्म भने केही पब्लिसर्सहरुलाई मात्र अनुमति प्रदान गरिएको छ। अहिले ल्याइएको नयाँ प्लेटफर्ममा आधारित रहेर अमेरिका, बेलायत, आयरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डका प्रयोगकर्ताहरुलाई भिडियो हेर्ने सुविधा मात्र रहने बताइएको छ। 

कम्पनीले दिएको जानकारी अनुसार यसबाट आएको राजस्वको ५५ प्रतिशत निर्माताले पाउनेछन् भने बाँकी ४५ प्रतिशत फेसबुकले पाउनेछ। फेसबुकको नयाँ सेवा आएसँगै युट्युबलगायतका भिडियो सेवा प्रदायकहरुको व्यापारमा गिरावट आउनसक्ने अनुमान गरिएको छ।

विशेषगरी नेटफ्लिक्स, अमेजन भिडियो, बीबीसी आईप्लेयर र फेसकुक इन्स्टाग्राम टीभीको व्यापारमा आगामी दिनमा गिरावट आउनसक्ने विश्लेषकहरुले बताएका छन्। त्यसका साथै परम्परागत हिसाबमा टीभी च्यानल सञ्चालन गरिरहेका कम्पनीहरु पनि समस्यामा पर्नसक्ने बताइएको छ। कम्पनीले अमेरिकामा सुरु गरेको सेवाबारे गरिएको प्रश्नमा धेरैले यो सेवाको विषयमा आफूहरुलाई कुनै जानकारी नभएको बताएका छन्। केहीले भने आफूले यो सेवाको विषयमा सुनेको भए पनि प्रयोग नगरेको बताएका छन्। 

Image result for facebook video service

फेसबुकले गरेको सर्वेक्षणको क्रममा केवल १४ प्रतिशत मानिसहरुले मात्र फेसबुकको यो सेवाको विषयमा सुनेको र सातामा एक दिन प्रयोग गर्ने गरेको बताएका थिए। फेसबुकले अहिले आफूहरुले ल्याएको योजनाले प्रयोगकर्ताहरुलाई आफ्ना साथीहरुसँग बढी छलफलको मौका मिल्ने बताएको छ। यसमा पनि मानिसहरुले दुई किसिमले छलफलको मौका पाउने कम्पनीको विश्वास छ। एक वर्षको अवधिमा प्रयोगकर्ताहरुले दिएको सुझावमा धेरैले विज्ञापनको ब्रेक पनि दिनुपर्ने बताएका थिए। 

विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल कम्पनी आफ्नो व्यापारमा महत्वपूर्ण सुधारको लागि नयाँ नयाँ योजनाहरु बजारमा ल्याउने क्रममा अघि बढिरहेको छ। फेसबुकले आफ्नो दोस्रो चरणमा फ्रान्स, नर्वे, मेक्सिको र थाइल्याण्डमा विज्ञापनको ब्रेक राख्ने जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ