arrow

जनसम्पर्क समिती अमेरिकामा आइसब्रेक, कांग्रेस प्रवक्ता शर्माले गराए समझदारी

प्रवक्ता विश्वप्रकाश शर्माको भ्रमणको पहिलो रातमै ४ घण्टे आन्तरिक भेला, ४ बुंदे न्युयोर्क समझदारी

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
bishwoprakash-sharma-hamrakura2.jpg.jpeg

अमेरिकाI लामो समयदेखि विवादमा रहेका नेपाली जनसम्पर्क समितिका पदाधिकारी तथा अगुवाहरुलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक ठाउंमा रारवी छलफल गराएका छन्।

छलफलले कटुतापूर्ण सम्बन्ध भएका जनसम्पर्कका पदाधिकारी र अगुवा बीचमा आइसब्रेक भएको छ । शर्माकै उपस्थितिमा उनीहरूबीच ४ बुँदे समझदारी समेत भएको छ।

चार बुँदे सहमति यस प्रकार छ:

१, जनसम्पर्क समितिका वर्तमान र पुर्व नेतृत्व तहविच अनौपचारिक बैठक र छलफलहरु मार्फत हार्दिकता र एकता विकसित गर्दै अघि बढ्ने ।

२, ब्यक्तिगत या संस्थागत कुनै पनि आन्तरिक विवादका विषयलाई सामाजिक सन्जालहरुमा प्रस्तुत नगर्ने ।

३, बिधान संशोधन क्रममा रहेकोे मातृ पार्टी नेपाली कांग्रेसलाई देशभित्र र देश बाहिर रहेका समस्त नेपालीको हित केन्द्रित बिधान संशोधनको सुझाव पठाउने, जनसम्पर्क समितिहरुको गठन, समयावधि र अधिकार सम्बन्धमा समेत राय पठाउने I

४, अमेरिकाको जनसम्पर्क समिति एवं यसको अधिवेशन सम्बन्धमा निकासका लागि पार्टी केन्द्रको निर्देशन प्रतीक्षा गर्ने र सोही बमोजिम अघि बढ्ने ।

अगुवा नेतृत्व भेलामा ४ तिर फर्किएका मुख्य ५ नेता आनन्द बिस्ट, बिष्णु सुवेदी, मुनिन्द्र नेम्बाङ, बेद खरेल र प्रमोद सिटौला लगायत कांंग्रेसका तीन दर्जन प्रवासी नेता थिए।

यो समझदारीलेे जनसम्पर्क समितिमा विवादको हल गरि निकास खोज्न मार्ग प्रसस्त गरेको छ ।

प्रवक्ता शर्मा दोस्रो दिन मेरिल्याण्ड एवं डिसि भर्जिनियाको कार्यक्रममा सहभागी भइ शिकागोतर्फ गएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ