arrow

सेप्टेम्बर १२ मा आउनसक्छ एप्पलका तीन नयाँ आईफोन 

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
apple1.png

काठमाडौं । लामो समयको प्रतीक्षापछि अमेरिकी प्रविधि कम्पनी एप्पलले तीन नयाँ आईफोनहरु सेप्टेम्बर १२ तारिखमा बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीलेआधिकारिक रुपमा यसको पुष्टि नगरेपनि मिडियालाई निमन्त्रणा पठाउन सुरु गरेको छ । यससँगै उसले सार्वजनिक गर्न लागेका स्मार्टफोनहरु सार्वजनिक हुने मिति खुलेको हो । यसअघिको जस्तै यसपटक पनि एप्पलले सेप्टेम्बर महिनामा आफ्नो नयाँ उत्पादन बजारमा ल्याउन लागेको हो । 

निमन्त्रणापत्रमा उल्लेख गरिएअनुसार आईफोन एक्स प्लस, आईफोन एक्सएस र ६.१ इन्चको एलसीडी फोन स्टिभ जब्स थिएटरमा सार्वजनिक गर्ने तयारी भएको हो । 

यसपटक पनि एप्पलले आफ्नो उत्पादन बुधबार बजारमा ल्याउने तयारी गरेको हो । एप्पलका व्यापारीहरुले सोही साताबाट अमेरिकामा यो उत्पादनको लागि प्रि–अडर्स सुरु हुनसक्ने बताएका छन् । एप्पलले सेप्टेम्बर २१ देखि आफ्नो नयाँ आईफोनको व्यापार गर्नसक्ने अनुमान गरिएको छ । यद्यपि यस विषयमा अहिले कम्पनीले पठाएको निमन्त्रणामा कुनै उल्लेख गरिएको भने छैन । 

आईफोन एक्स प्लस ६.५ इन्चको स्क्रिनको साथमा बजारमा आउने तरखरमा रहेको छ । यो उत्पादन कम्पनीको अहिलेसम्मकै सबैभन्दा ठुलो स्मार्टफोन हो । यो डिभाइसमा ए१२ को बायोनिक प्रोसेसरको प्रयोग गरिएको छ । यसमा दुई रेयर क्यामेरा रहनेछन् । 

आईफोन एक्सएसमा ५.८ इन्चको स्क्रिन रहनेछ । यसलाई आईफोनको अपडेटेड भर्सनको रुपमा बजारमा ल्याउन लागिएको हो । त्यसका साथै एलसीडी स्क्रिनको साथमा आईफोनको अर्को स्मार्टफोन पनि बजारमा आउने तयारीमा रहेको छ । 

यसलाई भने आईफोन ८ को अपडेटेड भर्सनको रुपमा ल्याउन लागिएको हो । तीनै आईफोनहरु आईओएस भर्सन १२ मा चल्नेछन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ