arrow

बाजी राखेर फुटबल खेल्न सक्ने रोबट

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
Robot.jpg

एजेन्सी। वैज्ञानिकहरुले फुटबल खेल्न पारखी भएको 'निम्बारो ओपी' नामक एक मानव यन्त्र बनाएका छन्। सो यन्त्र मानवले फुटवल खेलमा मानिसहरुसँग समेत बाजी राखेर खेल्न सक्ने  वैज्ञानिकहरुले बताएका छन्।

बान यूनिभर्सिटी अफ साइन्सका एक प्रोफेसरका अनुसार सन् २०१७ मा बनाइएको अहिलेसम्मकै सफल  रोबोट टीम हो ।  जसले सजिलैसँग फुटबल खेली मानिसहरुको टीमलाई हराएको थियो। वैज्ञानिकका अनुसार उक्त रोबोट दुईखुट्टे भएको र चाहेको समयमा निर्णय लिन सक्ने तथा खेलाडीहरुकै भावना अनुसार काम गर्न सक्षम रहेको बताइको छ।

सो यन्त्र मानवले आफ्नो भूमिका आफ्नो साथीहरुसँग कसरी खेल्ने भन्ने कुरा समेत थाहा हुन्छ भने विपक्षी टीमसँग पनि कसरी खेल्ने भन्नेबारेमा तत्कालै अनुमान लगाउन सक्ने क्षमता रहेको बताइएको छ। फूटबल खेलाडी रोबटमा क्यामरा लगाइएको हुनाले गोल पोष्ट ठम्यान सजिलो हुने गर्दछ।

यसले फुटबल खेल्दा सजिलैसँग दौड्न भाग्न, किक हान्न तथा उफ्रन सक्छन। यसका साथै रोबोटले भर्याङ समेत चढ्ने र बोतलहरु एक अर्कालाई फ्याकेर पास दिन पनि सहयोग गर्ने गर्दछ।

 त्यति मात्रै नभएर यसले खेलाडीको शारीरिक हाउभाउ तथा संवेदनशीलतालाई समेत पहिचान गर्न सक्छ। यसैगरी यसलेअरुले सोधेको प्रश्न वा बोलेको कुरालाई सम्झिएर उत्तर समेत दिन सक्छन्।  हेर्दा बच्चा जस्तै लाग्ने यो रोवोटको लम्बाइ ९५ सेन्टीमिटर मात्रै रहेको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ