arrow

बिम्स्टेकमा आएका पाहुना मध्ये एकलाई रिंगटा लाग्यो अरु सकुशल

स्वास्थ्यमा सतर्कता अपनाउँदा ११ लाख खर्च

logo
प्रकाशित २०७५ भदौ १६ शनिबार
bimstec-medicle-cost.jpg

काठमाडौं। बिम्स्टेकमा सहभागि विदेशी पाहुना र नेपाली प्रतिनिधिका लागि आकस्मिक चिकित्सा सेवाका लागि ११ लाख रुपैयाँ खर्च भएको प्रारम्भिक रिपोर्ट आएको छ। बिम्स्टेक शिखर सम्मेलनमा सहभागि हुनेहरुको स्वास्थ्य उपचारका लागि राजधानीका २५ अस्पतालहरुको हब बनाएर जनशक्तिदेखि इक्विप्मेन्टसम्मको व्यवस्थापनका लागि ११ लाखको अनुमानित बजेट शुरुमै आंकलन गरिएको थियो ।

अन्तिम प्रतिवेदन आउँदासम्म रकम हेरफेर हुनसक्ने श्रोतले बतायो । मेडिकल टिम भदौ ९ गतेदखिनै तयारी अबस्थामा राखिएको थियो । यो अबधिमा २५ अस्पतालका ४५ जना चिकित्सक सहितका स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । पाहुनाहरुको ख्याल राख्न विमानस्थल र सम्मेलनस्थलमा पनि मेडिकल टोली खटाइएको थियो । 

सम्मेलनस्थल सोल्टी होटलमा वीरेन्द्र सैनिक अस्पताल र बीर अस्पतालको टोली सहित खटाइएको थियो । त्यस्तै बीर अस्पताल, सैनिक अस्पताल, बयोधा, मेडीसिटी, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालका आकस्मिक स्वास्थ्य सेवा दिन सक्ने गरी तयारी अवस्थामा राखिएको थियो ।

पाहुनाहरुलाई स्वास्थ्य सम्बन्धी आपद परिहालेमा तत्काल उपलब्ध हुने गरी १४ एम्बुलेन्स समेत स्टाण्ड बाइ राखिएको थियो । राजधानीका चर्चित अस्पतालमा १२ वटा आई.सि.यु. एउटा सीसीयु कक्ष समेत खाली गरेर राखिएको थियो । त्यसै मेडिसिटी अस्पतालमा एयर एम्बुलेन्स सहित हेलिप्याण्डको व्यवस्था समेत गरिएको थियो । एयर एम्बुलेन्स सहितको हेलिप्याडबारे भारतीय दुतावास बाहेक अरु कसैले चासो नराखेको स्वास्थ्य मन्त्रालय श्रोतले जानकारी दिएको छ । 

कोही बिमार परे ? 
भदौ १४ र १५ गतेको बिम्स्टेक शिखर सम्मेलनअघि नै सचिव र मन्त्रीस्तरीय बैठक पनि भए । त्यसैले सरकारले ९ गते देखि नै मेडिकल टिम परिचालन गरेको हो । सम्मेलनमा भाग लिन कुनै मुलुकका सय जनासम्मको प्रतिनिधि मण्डल काठमाडौं आएका थिए । तर सम्मेलनमा सहभागीहरुलाई स्वास्थ्य समस्या आएर अस्पताल पुर्‍याउनु पर्ने अबस्था नआएको स्वास्थ्य मन्त्रालयका आपतकालिन तथा विपद व्यवस्थापन इकाई प्रमुख चुडामणि भण्डारीले जानकारी दिए । तर सम्मेलनस्थल सोल्टीमा एक जना विदेशी पाहुनालाई एक्कासी रिंगटा लागेपछि तत्कालै त्यहाँ खटिएको मेडिकल टोलीले उपचार गरेको उनको भनाइ छ । तर ती पाहुन को थिए भन्ने उनले खुलाएनन् । 

बिम्स्टेकका लागि काठमाडौं आएका ६ मुलुकका प्रतिनिधिमध्ये केही मुलुकबाट सयजना भन्दा बढी प्रतिनिधि पनि आएका थिए । तर परराष्ट्र मन्त्रालयले कुन मुलुकबाट कति प्रतिनिधि आए भन्ने विवरण तयार हुन अझै केही दिन लाग्ने बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ