arrow

को को परे ओलीको जम्वो टोलीमा ?

निर्देशीका ठाडै उलंघन

logo
प्रकाशित २०७२ फागुन ५ बुधबार
kp-oli.jpg.jpeg
काठमाडौं । पुर्वप्रधानमन्त्री सुशील कोईराला नेतृत्वको मन्त्रीपरिषद्ले बनाएको निर्देशीका विपरित प्रधानमन्त्री केपी शर्मा ओलीले एक सय जना भन्दा बढी सदस्य रहने गरी जम्वो भ्रमण टोली बनाएका छन् । 
 
मन्त्रिपरिषद् बैठकले ओलीको छ दिने भ्रमण टोलीमा रहनेहरुको नाम तय गरेको हो । टोलीमा रहेका मध्ये आधा सदस्य सरकारी खर्चमै जाने भएका छन् । 
 
तत्कालिन प्रधानमन्त्री सुशील कोइरालको मन्त्रिपरिषद्ले गत साउन १४ मा पारित गरेको निर्दे्शिकामा प्रधानमन्त्री वा राष्ट्रपतिको विदेश भ्रमण टोली १९ सदस्यीय हुने, अति आवश्यक परे २२ जनासम्म हुने उल्लेख छ । कोइरालाले बनाएको निर्देशीकालाई ओलीले ठाडै उलंघन गर्दै चाहिने नचाहिने धेरै मान्छेलाई भ्रमणमा लैजाने तयारी गरेका छन् ।  
 
फागुन ७ गते देखि एक साताका लागि हुने प्रधानमन्त्री ओलीको भारत भ्रमणमा सहभागी हुनेहरुको नामावली निम्नानुसार छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्य
  • उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेल
  • गृहमन्त्री शक्तिबहादुर बस्नेत
  • प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल
  • भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय
  • नेपाली दूतावासका उपनियोग प्रमुख कृष्णप्रसाद ढकाल
  • प्रधानमन्त्रीका परराष्ट्रविज्ञ गोपाल खनाल
  • प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोदकुमार सिंह (दाहाल)
  • परराष्ट्रसचिव शंकरदास वैरागी
  • अर्थसचिव लोकदर्शन रेग्मी
  • परराष्ट्रका भारत शाखा हेर्ने सहसचिव प्रकाशकुमार सुवेदी
  • प्रमुख शिष्टाचार महापाल रमेश खनाल
  • सहायक शिष्टाचार महापाल राजाराम बर्तौला
  • परराष्ट्रका उपसचिव सुरेन्द्र थापा
  • प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य
  • प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारी
  • सुरक्षा पाश्र्ववर्ती प्रमुख सेनानी भुवन खत्री प्रहरीका डिएसपी,
  • एकजना निजी चिकित्सक
  • सरकारी सञ्चारमाध्यमका चार र सूचना विभागका एक प्रतिनिधि
  • सांसदहरू कांग्रेस नेतृ सुजाता कोइराला
  • कांग्रेस नेता पूर्णबहादुर खड्का
  • एमाले प्रमुख सचेतक भानुभक्त ढकाल
  • एमाओवादी प्रमुख सचेतक हितराज पाण्डे
  • एमाले सांसद डा. राजन भट्टराई
  • फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देव
  • नेपाल सद्भावना पार्टीका सांसद डिम्पल झा
  • सहित १२ जना निजी खर्चमा जानेहरू
  • नेपाल उद्योग वाणिज्य महासंघबाट 
  • पशुपति मुरारका 
  • सुरज वैद्य, 
  • चण्डीराज ढकाल,
  • प्रदीपकुमार श्रेष्ठ, 
  • रविभक्त श्रेष्ठ, 
  • भवानी राणा, 
  • ज्ञानेन्द्रलाल प्रधान, 
  • चन्द्र ढकाल, 
  • उमेशलाल श्रेष्ठ, 
  • साहिल अग्रवाल, 
  • ज्योत्सना श्रेष्ठ, 
  • त्रिभुवनधर तुलाधर
  • नेपाल उद्योग परिसंघबाट
  • नरेन्द्र बस्न्यात, हरिभक्त शर्मा, अनुज अग्रवाल, निर्वाण चौधरी
  • नेपाल चेम्बर अफ कमर्सबाट
  • राजेशकाजी श्रेष्ठ, लोकमान्य गोल्छा, दीपक श्रेष्ठ, नरेश श्रेष्ठ
  • नेपाल घरेलु तथा साना उद्योग महासंघबाट
  • सुरेशकुमार प्रधान, श्यामप्रसाद गिरी, शोभा गुरुङ लगायत रहेका छन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ