arrow

ऐतिहासिक विजेता खेलाडी स्वदेश फर्किदै, झापामा भव्य स्वागतको तयारी

logo
प्रकाशित २०७२ फागुन ५ बुधबार
nepal-win.jpg.jpeg
काठमाडौं । १२औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनलमा भारतविरुद्धको खेलमा ऐतिहासिक र शानदार उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्किदै छ  ।
 
नेपाललाई २३ वर्ष पछिको ऐतिहासिक जित दिलाएका खेलाडीहरु १२ बजेपछि नेपाल प्रवेश गर्ने भएका छन् । मध्यान्ह १२ बजे भारतको वागडुग्रा विमानस्थलमा आउने नेपाली खेलाडीहरुलाई साढे १२ बजे झापाको जिल्ला खेलकुद विकास समितिले काँकडभित्तामा भव्य स्वागत गर्ने भएको छ । 
 
नेपाल प्रवेश गर्ने वित्तिकै उनीहरुलाई चार ओटा गाडीमा राखेर सयौं मोटरसाईकल र दर्जनौ कारहरुका साथमा विजयउत्सव र्याली निकालिने भएको छ । काँकडभित्ताबाट सुरु हुने विजय र्यालीले खेलाडीहरुलाई धुलावारी, विर्तामोड हुदै भद्रपुर एयरपोर्ट सम्म पुर्याएर काठमाडौं तर्फ विदाई गर्ने कार्यत्रम रहेको झापा स्थीत हाम्राकुराका संवाददाता संजीव घिमिरेले जनाएका छन् ।  
 
दिउसो २ बजेर ५५ मिनेट जाँदा भद्रपुर विमानस्थलबाट विदाई हुने खेलाडीहरु दिउसो ३ बजेर ४० मिनेट जाँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा आईपुग्ने भएका छन् । काठमाडौंमा पनि उनीहरुको भव्य स्वागतको तयारी भईरहेको छ । 
 
गत सोमवार नेपाली टोलीले सागको फाइनल खेलमा भारतलाई एकका विरुद्धमा दुई गोल गरी उपाधि चुमेको हो । यसअघि १९८४ र १९९३ मा स्वर्ण जितेको थियो । १९९९ को फाइनल पुगेर पनि हारेको नेपाल त्यसयता भने फुटबलमा पदक जित्न सकेको थिएन ।
 
सोमबार खेलमा भारतले पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ३१ औं मिनेटमा आदित्य चौधरीले विपक्षी खेलाडीलाई फल गरेपछि भारतले पेनाल्टी पाएको थियो । खेलको ७१ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई २ -१ को अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र नेपाल भारतलाई २ - १ ले हराउँदै २३ वर्षपछि साग फुटबलमा स्वर्ण जित्न सफल भएको छ । नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको फाइनलमा खेलेको यो पाँचौं अवसर हो । यसअघि नेपालले सन् १९८४ र १९९३ मा पुरुष फुटबलतर्फ स्वर्ण जितेको थियो । यस्तै १९८७ र १९९९ को फाइनलमा भने नेपाल पराजित रहेको थियो ।  
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ