arrow

डिल्लीरामको लोभलाग्दो सक्रियताः निरन्तर चलिरहेछ निरन्तर शनिवार

logo
प्रकाशित २०७५ भदौ १६ शनिबार
nirantar-sanibar-dilliram-subedi.jpg

काठमाडौं। विद्यार्थी नेताका रुपमा परिचय बनाएका नेविसंघका उपाध्यक्ष डिल्लीराम सुवेदी शनिवार पृथक भुमिकामा देखिन्छन। विद्यार्थी राजनीतिमा सक्रियहरुलाई साहित्यिक रसास्वादनमा अभ्यस्त गराउन सुवेदी निरन्तर लागिपरेका छन् निरन्तर शनिवार मार्फत। 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु गगन थापा, प्रदिप पौडेल, विद्यार्थी नेता मनोजमणी आचार्यहरुले शाही सासनको बेलामा शुरु गरेको अभियान बीचमा केहि समय रोकिएपनि अहिले सुवेदी सहितका यूवाहरुको नेतृत्वमा फेरि शुरु भएको छ। यो अभियानमा सुवेदीको लोभलाग्दो सक्रियताले शाही शासनको बेलामा शर्मा, थापा, पौडेल, आचार्यहरुले देखाउने सक्रियतालाई पछ्याइरहेको अभियानका सदस्यहरु बताउँछन्। 

निरन्तर शनिबारको नियमित रचना वाचन सधैँ झैँ भदौ १६को संस्करण पनि वाल्मीकि विद्यापीठमा सम्पन्न भयो। यसपटकको शृङ्खलामा अतिथिका रूपमा कवि विवश पोखरेललाई निम्त्याइएको निरन्तर शनिबारका संयोजक डिल्लिराम सुवेदीले जानकारी दिए। सुवेदीकै अध्यक्षतामा भएको कार्यक्रममा कारागारमा पुस्तकालय स्थापनाका लागि सहभागीहरुले ल्याएका पुस्तक जम्मा गरिएको थियो।

पुस्तक संकलन पछि संयोजक डिल्लिराम सुवेदी, मनोज न्यौपाने, उमेश अकिञ्चन, पूर्णिमा प्रतिविम्ब, इन्द्र लम्साल, ऋषभदेव घिमिरे, गोकुल अधिकारी, जानुका खतिवडा, तिलक राउत, सुदर्शन शर्मा, नारायण सापकोटा, कल्पना काफ्ले, मिसन अधिकारी, ठाकुर बास्ताकोटी, राजुबाबु श्रेष्ठ, पार्वति भट्ट, चन्द्रकान्त पौडेल, वाशिष्ट अधिकारी, केवल कार्की, विवेक सापकोटा लगायतले आआफ्ना रचना सुनाएका थिए।

सहभागीहरुको क्रम सकिएपछि अतिथि कवि पोखरेलले आफ्ना अनुभव, विचार तथा मिठा मिठा मुक्तक र कविताले सहभागीहरुलाई मन्त्रमुग्ध बनाएका थिए।

कार्यक्रमको समापन गर्दै संयोजक डिल्लीराम सुवेदीले निरन्तर शनिबारका नियमित गतिविधि तथा भावी कार्यक्रममाथि प्रकाश पार्दै उपस्थित सबैप्रति आभार प्रकट गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ