arrow

डा सिटौलाको कविता संग्रह ‘देश र परिवेश’ सार्वजनिक

logo
प्रकाशित २०७५ भदौ १७ आइतबार
surendra-sitaula-desh-paribesh.jpg

काठमाडौं । विज्ञानका प्राध्यापक डा सुरेन्द्र सिटौलाको कविता संग्रह ‘देश र परिवेश’ सार्वजनिक भएको छ । देश, समाज, इतिहास, राजनीति, शिक्षा, दर्शन जस्ता विभिन्न विषय र समकालीन नेपालको अवस्थालाई समेटेर डा सिटौलाले ५२ वटा कविताहरू समेटेर पुस्तकका  रुपमा कविता संग्रह सार्वजनिक गरेका हुन् । 

शनिबार बागमती बोर्डिङ्ग स्कुल, सुकेधारा, काठमाडौँमा कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठनका कुलपति गंगाप्रसाद उप्रेतीले सङ्ग्रहमा समावेश भएका कविताहरूले कवि डा. सिटौलाले आफ्नो पेशागत कार्यकालमा अनुभव गर्नुभएका देशका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक एवं शैक्षिक विकृतिहरूको चित्रण गरेको बताएका छन् । 

उप्रेतीले कवि डा. सिटौलाले संग्रहमा समाजमा देखिएका देश–कालमा भोगेका कुरालाई कवितामा उतारेको बताए ।

साहित्यकार अशेष मल्ल, प्रा.डा. बद्रीविशाल भट्टराई र सञ्चारकर्मी रमेश खड्काले पुस्तकबारे संक्षिप्त समीक्षा गरेका थिए । 
 
कविता–सङ्ग्रहबारे राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेका छन् –यस संग्रहका  कविताहरूमा सिटौलाले सुस्पष्ट र हृदयस्पर्शी शैलीमा देशलाई सचेत गराइरहेका छन् । कार्यक्रमको आयोजना गरेको हो । 

को हुन् डा सिटौला ?
डा. सुरेन्द्र सिटौला पेशाले प्राध्यापन गर्छन् । अमृत साईन्स क्याम्पसमा ३७ वर्ष लामो प्राध्यापन र झण्डै तीन दशक बागमती बोर्डिङ्ग स्कुलका सञ्चालकको रूपमा काम गरेका सिटौलाको साहित्यिक संलग्नता भने पुरानो हो । 

ताप्लेजुङको निघुरादिन गाउँबाट प्राथमिक शिक्षा हासिल गर्दै धरान, विराटनगर र काठमाडौँबाट उनको कलेको अध्ययन भयो । अध्ययनको कामलाई निरन्तरता दिँदै उनले जैविक विविधतामा विद्यावारिधि गरेका छन् । 

डा. सिटौलाको जीवनमा विज्ञान, शिक्षा र साहित्यको मिश्रण पाइन्छ । विद्यालय तथा विश्वविद्यालयका कविता प्रतियोगितामा सिटौलाका धेरै कविताहरू पुरस्कृत भएका थिए । लामो समयदेखि शिक्षण पेशामा संलग्न भएपनि काव्य सिर्जनाको उनको बाटो बन्द भएको छैन ।

देश, काल र परिस्थितिको नाममा लेखिएका यी कविताहरूले समकालीन नेपालको चित्र प्रस्तुत गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ