arrow

यी हुन् संसारका विलासी युक्त रेल

logo
प्रकाशित २०७२ फागुन ५ बुधबार
luxury-train.jpg

एजेन्सी। रेल नेपाली जन-जीवनमा सुन्नको बिषय मात्र बनेको छ। नेपालमा जनकपुर-जयनगर एक मात्र रेलवे सेवा थियो जुन अहिले ठप्प रहेको छ। रेल विना विश्वका मानिसहरु यात्रा गर्ने बिषयमा सोच्न पनि सक्दैन्न। रेलमा यात्राको बिशेषता हुन् धेरै सुविधा, चाडै गन्तव्य पुग्न सकने र आरामदायी यात्रा हो। आज हामि तपाईहरुलाई विश्वका ६ बाट सबै भन्दा बढि सुविधासम्पन्न रेलको बिषयका चर्चा गर्ने छौ।

हीराम बिघन (पेरू): हीराम बिघन पेरूको विलासीता रेल हो। यस रेलमा तपाईलाई चाहिएको सवै सुविधा पाउनु सक्नु हुनेछ। यसले सन् २०११ मा संसारको सबै भन्दा राम्रो रेलको उपाधि पाइ सकेको छ। यो एउटा छोटो रेल हो। यसमा ८४ जना मात्र यात्रुले यात्रा गर्न सक्दछन्।यस रेलको नाम एक अमेरिकन व्यक्ति हीराम बिघनको नामबाट राखिएको हो। उनीले नै पेरूको माचू पिचूको खोजि गरेका थिए।

ग्लेशियर एक्सप्रेस( स्विजरलयाण्ड): ग्लेशियर एक्सप्रेस संसारको सबै भन्दा प्रख्यात रेल हो। यो सेन्ट मर्टिजको पहाडी रिसोर्ट देखि जेरमाटको रिसोर्ट सम्म चल्दछ। त्यति दुरि पार गर्न यस रेललाई सात घण्टा लाग्दछ। स्विजरलयाण्डमा घुम्न जाने पर्यटकले यस रेलको फाइदा उठाउन सक्छन्। यस रेलमा तपाईले चाहानु भएमा एक दिनको पनि यात्रा गर्न सक्नु हुनेछ। यात्राको क्रममा तपाईले स्विजरलयाण्डको प्राकृतिक दृश्यलार्ई नजिकबाट अवलोकन गर्न पाउनु हुनेछ। यस विलासी रेलमा खाना पाउनुका साथै ड्रिन्कको पनि व्यवस्था गरिएको छ। यो रेलले २९१ वटा सुन्दर पुल र ९१ वटा टनेल पार गरेर गन्तव्य स्थल सम्म पुग्द छ।

महाराजा एक्सप्रेस (भारत) : महाराजा एक्सप्रेस विश्वको सबै भन्दा सुविधा सम्पन्न रेल मध्येको एक हो। भारत राजा र महाराजाहरुको देश हो। यसै आधारमा यस रेलको नाम महाराजा एक्सप्रेस राखिएको हो। यस रेलमा तपाईले राजाहरुले पाउने सेवा सुविधा पाउन सक्नु हुनेछ। यस रेलमा गरिएको भारत यात्रालाई तपाई विर्सन सक्नु हुने छैन। महाराजा एक्सप्रेसको सुरुवात भारतीय रेलवेको केटरिन्ग एण्ड ट्रैलिन्ग करपोरेशनले सन् २०१० मा गरेको हो। यो एशियाकै सबै भन्दा महङ्गो र आरामदायी रेल हो। यसलाई द सोशायटी अफ इन्टरनेशनल रेलवे ट्रैवलर्सले सन् २०११ मा बिश्वको २५ उत्कृष्ट रेलहरमा सामेल गरेको थियो। यस रेलमा तपाई सात रात र आठ दिनको यात्रा गर्न सक्नु हुनेछ। यस रेलले मुम्बईबाट यात्रा सुरु गरेर भारतका प्रमुख शरह हुदै दिल्ली सम्मको यात्रा गर्दछ। यस यात्रामा तपाई भारतका प्राचीन महलहरु, किल्ला र दोस्रो प्रमुख ट्रावलिङ्ग डेस्टिनेशन्सको अवलोकन गर्न सक्नु हुनेछ।

टायलीन रेलवे (बेलायत): टायलीन रेलवे एक ऐतिहासिक रेल हो। यो नेरो-गेजमा चल्ने छोटो रेल हो। यो रेल वेल्स देखि टायन शहर सम्म चल्ने गर्दछ। यसको सुरुवात सन् १८६५ मा भएको थियो।यस रेलबाट यात्रा गर्नु उपयुक्त र अविस्मरणीय मानिन्छ। यो रेल, प्रति घन्टा ९ किलोमीटरको दूरीमा यात्रा गर्दछ।यो रेल पर्यटक बिच खास आकर्षणको केन्द्र बनेको छ। रेल दुई फीट तीन इन्चको ट्रयाकमा चल्दछ।

डुरंगो र सिल्वरटोन नेरो गेज रेल रोड (अमेरिका): यो रेल अमेरिकाको ऐतिहासिक रेल हो। यो नेरो-गेज रेल सन् १८८२मा बनेको थियो। यो रेल कोलारडोमा डुरंगो र सिल्वरटोनको बीचबाट चल्दछ। यो जुआन नेशनल पार्कको सास रोक्ने क्षेत्रहरू, पहाडहरु र जङगलहरुको बिचबाट चल्दछ।कोलारडो जाने पर्यटक यस रेलबाट यात्राको मज्जा लिन छुटाउदैन्न।

ट्रान्जाली, न्यूजरल्याण्ड: यो रेल न्यूजरल्याण्डको क्रिस्टचर्च देखि ग्रेमाउथ सम्म दैनिक चल्दछ। यो रेल २२३ किलोमीटरको दूरीलाई लगभग पाँच घन्टामा पार गर्दछ। यस रेलमा यात्रा गर्दा तपाईले न्यूजरल्याण्डको हरियाली, पहाड़ र नदिहरुसँग उजागर हुन पाउनु हुनेछ। यस रेलमा वार्षिक २ लाख  भन्दा बढि यात्रीले यात्रा गर्ने गर्दछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ