arrow

हुवावेको मेट २० लाइट सार्वजनिक, यस्ता छन् विशेषता 

logo
प्रकाशित २०७५ भदौ १७ आइतबार
huawei2.jpg

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले चार क्यामेरा भएको मेट २० लाइट सार्वजनिक गरेको छ । यो स्मार्टफोन सबैभन्दा पहिले बेलायतको बजारमा सेप्टेम्बर ५ देखि उपलब्ध हुनेछ । यो स्मार्टफोन कोलो र निलो गरी दुई रङमा बजारमा आउनेछ ।

हुवावेको धेरै प्रतीक्षा गरिएको यो समर्टफोनमा ६.३ इन्चको एचडी डिस्प्ले रहेको छ । यसमा किरिन ७१० अक्टाकोर प्रोसेसरको प्रयोग गरिएको छ । ४ जीबीको र्‍याम रहेको यो स्मार्टफोनमा ६४ जीबीको इन्टर्नल स्टोरेज रहनेछ । यो स्मार्टफोन गुगलको ८.१ ओरेओ एन्ड्रोइड भर्सनमा चल्नेछ । 

फोटोका लागि यो स्मार्टफोनमा एआईमा आधारित रहेको क्वाड क्यामेराको प्रयोग गरिएको छ । रेयर क्यामेरामा २० र २ मेगापिक्सको क्यमेरा रहनेछ भने फ्रन्टमा २४ र २ मेगापिक्सलको ड्युल क्यामेरा रहनेछ ।

यो स्मार्टफोनमा ३७५० एमएएचको ब्याट्रिको प्रयोग गरिएको छ । यसमा ड्युल सिम, फोरजी, ब्लुटुथ ४.२, यूएसबी तथा अडियो ज्याक प्रयोग गर्न सकिन्छ । यसमा एआईको अनलाइन सपिङ, नोइज एसिस्टेन्ट, स्मार्ट ग्यालरी लगायतका फिचर्सहरु रहेका छन् । साथै यसमा पृष्ठभूमिअनुसारको क्यामेराको सेटिङ मिलाउने एआईको पनि प्रयोग गरिएको छ । यसले ८ किसिमका सिनहरुलाई पहिचान गर्नसक्ने बताइएको छ । 

मेट २० लाइटमा थ्रीडी इमोजीहरुको पनि प्रयोग गर्न सकिने बताइएको छ । हुवावे कम्पनी आगामी अक्टोबर १६ मा आफ्नो मेट २० र मेट २० प्रो बजारमा ल्याउने तयारीमा रहेको छ । हुवावेको मेट २० भर्खरै सार्वजनिक भएको किरिन ९८० प्रोसेसर प्रयोग भएको पहिलो स्मार्टफोन हुनेछ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ