arrow

संगीतकार गुरुङलाई खेमराज स्रष्टा सम्मान प्रदान

logo
प्रकाशित २०७५ भदौ १८ सोमबार
khemraj_gurung.jpg

काठमाडौं । वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई खेमराज स्रष्टा सम्मान प्रदान गरिएको छ । लोकप्रिय गायक स्वर्गीय खेमराज गुरुङको नाममा स्थापना गरिएको ‘खेमराज गुरुङ ट्रष्ट’ले उनको दोस्रो वार्षिकीको अवसर पारेर राजधानीमा गरेको कार्यक्रममा खेमराजका सांगीतिक गुरुसमेत रहेका प्रकाश गुरुङलाई नगद ५० हजार रुपैयाँसहित स्रष्टा सम्मान प्रदान गरिएको हो । 

गत वर्ष यस्तो सम्मान वरिष्ठ गीतकार रत्नसम्शेर थापालाई प्रदान गरिएको थियो । ट्रष्टले प्रदान गर्दै आएको २० हजार रुपैयाँ नगदसहितको युवा प्रतिभा पुरस्कार भने ओमप्रकाश राईलाई प्रदान गरिएको छ । 

राई एक दशकदेखि सांगीतिक क्षेत्रमा साधनारत छन् । पूर्वमन्त्री एवं सांसद ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सिक्किमका संस्कृति एवं पर्यटनमन्त्री गर्जमान गुरुङ विशेष अतिथि रहेका थिए ।

ट्रष्ट गत खेमराज गुरुङको निधन भएको प्रथम वार्षिकीको अवसर पारेर स्थापना गरिएको भन्दै खेमराजकी दिदी चन्चला गुरुङले आगामी दिनमा ट्रष्टले थप कार्यक्रम गर्दै जाने बताइन् । सो अवसरमा खेमराजका गीतहरूको पछिल्लो संग्रह ‘खेमराजका गीतहरू’समेत प्रकाशित गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ