arrow

एप्पलको स्वचालित कार पहिलोपटक दुर्घटना

logo
प्रकाशित २०७५ भदौ १८ सोमबार
apple-automatic-car.jpg

एजेन्सी। एप्पलको स्वचालित कार पहिलोपटक दुर्घटनामा परेको छ। अगष्ट महिनामा एप्पलले बनाएको स्वचालित कार दुर्घटनामा परेको हो। आईफोन निर्माता कम्पनीले अझै पनि कम्पनी स्वचालित कारको योजनामा अघि बढिरहेको बताएको छ। एप्पलले पहिलोपटक आफ्नो स्वचालित कारको विषयमा जानकारी दिएको हो। 

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको सो परियोजनामा अहिले पाँच हजारभन्दा बढी मानिसहरु काम गरिरहेको बताइएको छ। अहिले यस किसिमको योजनासँगै एप्पल कम्पनी पनि अल्फाबेटको वेमो र परम्परागत हिसाबमा कार निर्माण गरिरहेका जेनेरल मोटर्सजस्ता कार निर्माताहरुसँग प्रतिस्पर्धा गरिरहेको छ। 

अन्तराष्ट्रिय सञ्चारमाध्यामले बताइए अनुसार एप्पलको स्वचालित कार गत अगष्ट २४ मा दुर्घटनामा परेको हो। एप्पलको यो कार निसानको कारसँग ठोक्किएर दुर्घटनामा परेको हो। यो दुर्घटनामा कोही मानिस घाइते भने भएका थिएनन्। दुवै कारमा उल्लेख्य क्षति भने पुगेको थियो।

स्वचालित कारहरुमा सुरक्षाको जोखिमको विषयमा बहस चलिरहेको अवस्थामा एप्पलको स्वचालित कार पनि दुर्घटनामा परेको हो। एप्पलको स्वचालित कारको विषयमा भने अधिकारीहरुले भने मानव ड्राइभरले स्वचालित कार कुनै समस्या अनियन्त्रित भएको पाइएमा सन्तुलनमा ल्याउनुपर्ने बताएका छन्। कम्पनीको विरुद्धमा उजुरी पनि परेको थियो तर यस विषयमा एप्पलले कुनै जानकारी भने दिएको छैन। कम्पनीका अधिकारीहरुले यो दुर्घटनाको विषयमा थप जानकारी दिए अस्वीकार गरे। 

सार्वजनिक सडकमा आफ्ना स्वचालित कार चलाउनका लागि एप्पल पछिल्लो एक वर्षदेखि संघर्ष गर्दै आइरहेको छ। सन् २०१६ को अन्तिमतिर एप्पलले आफ्नो स्वचालित कारको योजना अघि सारेको थियो। गत वर्ष अमेरिकाको क्यालिफोर्नियामा आफ्ना स्वचालित कारहरुको परीक्षणका लागि कम्पनीले अनुमति पाएको थियो। 

अहिले उसका ६० भन्दा बढी कारहरु परीक्षणको क्रममा छन्। गत वर्षमात्र एप्पलका अनुसन्धानकर्ताहरुले स्वचालित कारको विषयमा पहिलो विवरण सार्वजनिक गरेका थिए। अमेरिकाको यातायात विभागको लागि यस वर्ष स्वचालित कारको योजना चासोको विषय बन्दै गएको छ। अमेरिकाको एरिजोनामा युबेरको स्वचालित कार परीक्षणको क्रममा दुर्घटना हुँदा एक महिलाको ज्यान गएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ