arrow

फ्यानको गीतमा युवा शाहरुख(भिडियो)

फिल्ममा शाहरुखको दोहोरो भूमिका छ, जसमा एक भूमिका सुपरस्टार आर्यन खन्ना र अर्को भूमिका उनको सबैभन्दा ठूलो फ्यान गौरवको छ ।

logo
प्रकाशित २०७२ फागुन ५ बुधबार
Sharukh.jpg.jpeg
मुम्बई । बलिउड बादशाह शाहरुख खानको फिल्म ‘फ्यान’को पहिलो गीत ‘जबरा फ्यान’ सार्वजनिक भएको छ । गीतमा शाहरुखलाई युवावस्थाको शाहरुखको लुक्समा प्रस्तुत गरिएको छ । फिल्ममा शाहरुखको दोहोरो भूमिका छ, जसमा एक भूमिका सुपरस्टार आर्यन खन्ना र अर्को भूमिका उनको सबैभन्दा ठूलो फ्यान गौरवको छ ।

यो गीत गौरवमा आधारित छ । जसको भूमिकामा शाहरुख फिट देखिएका छन् । उनको उमेर २५ वर्षको युवकझैं देखिन्छ । उनको यो अनुहार देखेर सबै आश्चर्यमा पर्नसक्छन् । पुरै गतिमा शाहरुख दिवाना फिल्मको जस्तै नृत्य गरिरहेको अवस्थामा देखिन्छन् । फिल्मको गीतले सुपरस्टार आर्यन खन्नाको प्रति सबैभन्दा ठूलो फ्यान गौरवको मायाप्रेमलाई झल्काएको छ ।

मनिष शर्माद्वारा निर्देशित फिल्म आगामी १५ अप्रिलमा रिलिज हुँदैछ । यसै वर्ष शाहरुखको अर्को फिल्म ‘रईस’ पनि प्रदर्शनमा आउँदैछ, जहाँ उनी कुख्यात डनको भूमिकामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ