arrow

प्रदीप पौडेलको सुझाव –कोरियामा कमाएको पैसा उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुस् 

logo
प्रकाशित २०७५ भदौ १८ सोमबार
pradip-poudel-korea.jpg

सोल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडलले कोरियामा रहेका नेपालीहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आहवान गरेका छन् ।

दक्षिण कोरियाको राजधानी सोलमा नेपाली जनसम्पर्क समितिले गरेको ‘संघिय संरचना र समृद्ध राष्ट्र निर्माणमा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रियामा बौल्दै पौडेलले कोरियामा मेहनत गरेर कमाएको पैसा उत्पादनमुलक क्षेत्रमा लगानी गर्न भनेका हुन् । 

‘ उत्पादमुलक क्षेत्रमा लागानी गर्दा त्यसले नयाँ रोजगारी पनि सृजना गर्छ, लगानीको वातावरण पनि बढ्दै जान्छ ’, नेता पौडेलले भने । उनले संघियता सफल बने मात्र संविधान सफल हुने भन्दै संघियतालाई बलियो बनाउन देश विदेशमा रहेका नेपाली समुदाय सबै एक भएर लाग्नु पर्नेमा जोड दिए । संघियता बलियो बनाउन प्रशासनिक खर्च कम गर्ने, करको व्यवस्थापन गर्ने, उद्यमशिलतालाई प्रोत्साहन गर्ने र चन्दा संकलन बन्द गर्नु पर्नेमा उनको जोड थियो ।

एक अर्को प्रसंगमा पौडेलले गुणस्तरीय शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुने भन्दै नागरिकता दिएर मात्र राज्यको दायित्व पुरा नहुने उल्लेख गरे । 

‘पैसा हुनेले मात्र गुणस्तरीय शिक्षा पाउने, गरिबले बिरामी हुँदा उपचार गर्न नसक्ने अवस्था हुनुहुँदैन, सबैलाई समान सेवा सुविधा राज्यले दिनु पर्छ,’ पौडेलले थपे । नेपाली कामदारहरुले खाडी लगायत राष्ट्रमा अन्तराष्ट्रिय मापदण्ड विपरित काम गरिहेका हुँदा कोरिया आए जस्तो जिटुजी सम्झौता आवश्यक रहेकोसमेत बताए । नेता पौडेलले नेपालीले जहाँ रहे पनि मतदान गर्न पाउनु पर्ने समेत बताएका छन् ।

कार्यक्रममा पूर्व मन्त्री तथा सांसद मिन विश्वकर्माले वर्तमान सरकारले एक पछि अर्को विषयलाई ल्याएर संविधानलाइ मिच्दै गएको बताए । 

प्रवासी नेपाली मञ्च दक्षिण कोरियाका अध्यक्ष परशुराम सापकोटाले राजनीतिमा लागेका युवाहरु मिलेर किन काम गर्न नसकेको भनि प्रतिप्रश्न गरे ।

जनप्रगतिशिल मञ्च कोरियाका अध्यक्ष खगेन्द्र बुढा मगरले नेपाली कांग्रेसले प्रतिपक्षको भुमिका समेत निभाउन नसकेको बताए । 

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष खेम कार्कीले कोरियामा गरिने कार्यक्रमहरु सकरात्मक सोचतर्फ प्रेरित हुनु पर्ने बताए । त्यस्तै विदेशमा बस्ने नेपालीले नेपाललाई धेरै माया गर्ने भन्दै नेपालीको नोट चल्ने तर भोट नचल्ने अवस्था हुन नहुने एन आर एन अध्यक्ष लक्ष्मी गुरुङको भनाइ छ ।

कार्यक्रम जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति आस्था विन्दु मल्लको सभापतित्वमा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ