arrow

मरेपछि स्वर्गको कामना नगर्नुस्, अन्यत्रै छ आकर्षक लोक 

logo
सुदर्शन अर्याल
प्रकाशित २०७५ भदौ १८ सोमबार
heaven.jpg

नयाँ दिल्ली । मरेपछि तपाईँ कहाँ जानुहुन्छ ? एकैछिन मनन् गरौं त । यस्तै, हाम्रो सुख र दुःखको मिश्रणयुक्त भूर्लाेक अन्त पनि होला ? या त फेरि तत्कालै हामी पृथ्वीमा आउँछौं ? यो विषय धेरैको जिज्ञासाको विषय हो । तर, यस विषयमा जानकारी पाउने व्यक्ति भेटिनु त सम्भवत असम्भव नै होला । तर, अनुमानहरु भने पर्याप्त हुने गरेका छन् । 

आस्तिकहरुको एउटा पृथक गुण उनीहरु जीवनलाई भन्दा पनि मृत्युपछि अवस्थाको लागि बढी महत्व दिन्छन्। उनीहरु जीवनमा पाउने कष्टहरुलाई अघिल्लो जन्मको दोषको रुपमा मान्ने गर्छन् भने जीवनमा गरिने कार्यले नै मानिसलाई कुन लोकमा जाने र कति सजाय भोग्ने भन्ने निर्धारण गर्छ भन्ने मत विशिष्टाद्वेतीहरुको छ । 

धेरै उमेर बढी भएका हजुरबुबा हजुरआमाहरुको एउटै इच्छा कसैले सोध्यो भने धेरैले बुढेशकाल लागेका आस्तिकहरुले स्वर्ग जानुलाई नै आफ्नो मूल लक्ष्य रहेको बताउँछन्। तर, उनीहरुले यस्तो चाहना गरिरहँदा शास्त्र पढ्नेहरुलाई भने यस्तो विषयमा विश्वास राखेको भएपनि स्वर्ग जानुलाई आकर्षक मान्दैनन् । 

विशिष्टाद्वेत दर्शन अन्तर्गतको भगवान विष्णुलाई मान्ने वैष्णवहरु बैकुण्ठलाई नै स्वर्गभन्दा माथिको र आकर्षक ठाउँ मान्छन् भने शिवलाई मान्नेहरु कैलाश नै सबैभन्दा आकर्षक नगरीको रुपमा आफ्नो दावी पेश गर्दछन् । 

भगवान् भक्तिलाई नै मूल विषय मान्ने विशिष्टाद्वेत दर्शन लगायतका केही दर्शनहरु धेरै धर्म गर्दैमा आकर्षक लोकमा पुग्न नसकिने तर्क गर्छन् । उनीहरुका अनुसार कर्मयोग, ज्ञानयोग र भक्तियोगबाट मुक्ति पाउने तर्क राख्दछन् । 

उनीहरुका अनुसार भक्तियोग नै मुक्तिको मूल मार्ग हो । कर्म योग र ज्ञान योगले मात्रै मानिसले पुण्य कमाउन सक्ने तर्क उनीहरुको छ । तर, मुक्त बन्नको लागि भने मानिस भक्ति योगबाट मात्रै सम्भव रहेको दाबी गर्छन् । 

के हो मुक्त बद्ध र नित्य जीव ? 
विशिष्टाद्वेत दर्शनमा मुक्त जीव, बद्धजीव र नित्यजीवको विषयमा स्पष्टसँग विषय उल्लेख गरिएको छ । त्यहाँ लेखिएअनुसार आफूले गरेको पाप र पुण्यको चक्करमा परेर पुनपुन संसारमा आइरहने जीव बद्ध जीव हो । यो धेरै पुण्य र धेरै पाप गरेको प्रतिफल स्वरुप यस्तो हुने गरेको छ।

त्यस्तै, मुक्त जीव यस्तो हो जो कर्मयोग,  ज्ञान योग र भक्तियोगको माध्यमबाट देहावशासन पछि भगवानको लोकमा आएर बसेको हुन्छ । कुनैपनि जीव धेरै पाप गरेमा अर्काे जन्ममा सोही पापको सजाय भोग्नको लागि फेरि जगतमा आउने गर्दछन् भने धेरै धर्म गर्नेहरु पनि धर्मको भोग सकिएपछि फेरि अर्काे कर्मको लागि जगतमा आउने गर्दछन् । तर, मुक्त जीवहरुको लागि भने आफ्नो मनोक्षा अनुसार जगतमा अवलोकनको लागि आउन सक्दछन् ।  

विशिष्टाद्वेतका अनुसार जीव ३ किसिमका हुन्छन् मुक्त जीव, वद्ध जीव र नित्य जीव । मुक्त जीव जो भगवत् भक्तिद्वारा भगवानको प्रिय पात्र भनेर मात्रै मुक्त बन्न सकिन्छ । मुक्त बन्नको लागि कुनैपनि जीवले सीमित प्रयोजनको लागि गरेको भक्तिले मुक्ति पाउन नसकिने यो दर्शनको मान्यता रहेको छ । 

यो दर्शन त पहिले कर्मयोग त्यसपछि ज्ञानयोग र त्यसपछि मात्रै भक्ति योगमा पुग्न सकिने तर्क राख्दछन् भने कोही कोही मानिस कर्मयोगबाट सीधै भक्तियोगमा पुग्न पनि सक्षम रहेको तर्क गर्ने गरेको छ । यो दर्शनका अनुसार स्वर्ग भन्दा पनि उत्कृष्ठ स्थान बैकुण्ठ रहेको विश्वास गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ