arrow

कपिलवस्तु क्याम्पस प्रदेश ५ मै उत्कृष्ट

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ भदौ १८ सोमबार
kapilbastu-campue.jpg

कपिलवस्तु। त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापन संकाय चौथौ वर्षको परिक्षाको नतिजामा कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवाले प्रदेशमै उत्कृष्ट नतिजा ल्याएको छ ।

क्यापसमा अध्यनरत छात्रा सालिनी पाण्डेले ७८.२० प्रतिशत अंक लयाएर पाच नं प्रदेशमा नै प्रथम भएकी हुन्। साथै अन्य विद्यार्थीहरुले समेत उत्कृष्ट नतिजा ल्याएर उर्तिण भएका छन्। प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा क्याम्पसले विद्यार्थीलाई अभिनन्दन तथा वधाई दिनुसा साथै तोलिहवा बजार परिक्रमा गराएको छ।  

क्याम्पसमा विद्यार्थी र प्राध्यापकहरुको सहयोग मेहनत र प्रयासले यो सफलता प्राप्त भएको क्याम्पस प्रमुख नवराज तिवारीले बताए । प्रदेश ५ मा मात्र नभएर प्रदेश नं ६, ७ मा समेत क्याक्पसको नतिजा उत्कृष्ट  भएको बताए ।

कपिलवस्तु नगरपालिकाका वडा अध्यक्षद्वय सुदिप पौडेल र प्रकाश गैरेले कपिलवस्तु नगरपालिका र जिल्लाकै नाम उच्च राख्न सफल पार्ने छात्रा सालिनी पाण्डेय तथा अन्य विद्यार्थीहरुलाई हार्दिक वधाई तथा शुभकामना प्रदान गरे ।

नगरपालिकाले शैक्षिक विकास र जिल्लाको इतिहास रच्ने काम गर्ने विद्यार्थी तथा शैक्षिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरिने बताए।

त्रिभुवन विश्वविद्यालय बाह्य परिक्षा सुपरिक्षक देवी पन्थीले यो सफलतालाई निरन्तर दिनको लागी क्याम्पस र विद्यार्थीहरु निरन्तर रुपमा लाग्नु पर्ने बताए ।

सहायक क्याम्पस प्रमुख विनय कुमार पाण्डेयले  पठनपाठनमा नयां आयामका साथ काम गरिएकोले क्याम्पसमा नतिजाहरु राम्रा आउन लागेको बताए। साथै आामी दिनमा नया व्यवस्थापनका साथ पठनपाठनको व्यवस्था मिलाउने बताए ।

व्यवस्थापन संकायका संयोजक रमेश घिमिरेले विद्यार्थीको लगनशिलता र अनुशासनले नतिजा राम्रो ल्याउन सफल भएको बताए ।

उत्कृष्ट नतिजा ल्याउन सफल सालिन पाण्डेले मेहनत र शिक्षकहरुको प्रेरणा गर्दा आफुले सफलता पाएको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ