arrow

कांग्रेसले समाजवाद भन्ने शब्द परिवर्तन गर्न आवश्यक छ: प्रदिप पौडेल

logo
आदर्श केसी,
प्रकाशित २०७५ भदौ १८ सोमबार
pradep.jpg

दक्षिण कोरीया । नेपाली कांग्रेसको अन्र्तराष्टिय भातृ संगठन  जनसम्पर्क समिति दक्षिण कोरीयाले राजधानी सौलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रदिप पौडेलको प्रशिक्षण सुन्न कोरीयामा कार्यरत धेरै युवाहरुको बाक्लो सहभागिता थियो ।

 प्रशिक्षणको क्रममा पौडेलले चुनावबाट हार खाएर थलिएको नेपाली कांग्रेसलाई पुर्नजिवन दिनको लागी केही विधीहरु सुनाए । उनको आशालाग्दो प्रशिक्षणले  युवाहरुमा उत्साह देखिन्थ्यो । पार्टी नेतृत्वको कार्यशैली,अबको कांग्रेसको बाटो,कांग्रेस फेरीनु पर्ने बिभिन्न आधारहरु ,अबको अधिबेशनमा पुरानो पुस्ताको विदाइ र नयाँ पुस्ताको आगमन लगाएतका विषयमा पौडेलले धेरै समय ब्याख्या गरे ।

 पौडेलले  प्रशिक्षणको क्रममा लामो समय पार्टी सुधारका लागी गर्नुपर्ने कामहरुको बारेमा स्पष्ट पारे । सुरुमा नेपाली कांग्रेसले समाजवादको परिभाषा नयाँ तरिकाले ब्याख्या गर्न आवश्यक रहेको उनको भनाइ थियो । समाजवाद भन्ने शब्दको प्रयोग माक्स,लेनिन हुदै विपिले प्रयोग गरेको हुदा कम्युनिष्टको समाजवादी परिभाषा कहिले पनि नेपाली कांग्रेसको सिद्धान्तसँग मेल खान नसक्ने पौडेलले सुनाए । किनकी समाजबाद भन्ने शब्द र परिभाषा विपि भन्दा पहिला लेनिनले प्रयोग गरेको र लेनिन भन्दा पहिला माक्सले प्रयोग गरेका हुन यसलाइ परिर्वतन गरी नयाँ परीभाषा कांग्रेसको हुनुपर्छ उनले भने  ।   

देशको सम्बृद्धीको लागी आफना प्राथमिकताहरु पनि परिर्वतन गर्न नितान्त आवश्यक छ । पछिल्लो समय कांग्रेसले देश बिकास र समृद्धीको बहस छाडेर पुरानै शैलीमा लोकतन्त्र र प्रजातन्त्रको मात्रै चर्चा गर्न थालेको भन्दै पौडेलले अब स्पष्ट निति बनाएर देशको समग्र बिकासमा अग्रसर भएर नागरीकको मन जित्नु पर्ने बताए ।

 क्रियाशिल सदस्यता बितरणमा प्रतिशत छुट्टाएर पचास प्रतिशत युवालाई वितरण गर्नु पर्ने,अबको नेतृत्व सामुहिक नेतृत्व प्रणालीमा जानु पर्ने, सकभर नेपाली कांग्रेसको क्रियाशिल सदस्यता  लिने ब्यवस्था अनलाइन सिस्टमबाट हुनुपर्ने मा आफुहरुको जोड रहेको प्रशिक्षणमा सुनाए । जसलाइ मन लाग्छ उसले सदस्यता लिने सहज वाताबरण बनाउनु पर्छ साथै कांग्रेस बन्नको लागी पनि केही मापदण्डहरु कडाईका साथ लागु हुनुपर्छ ।

 आफु लगाएत एउटा पुस्ताले पार्टी सुधारका लागी यी आधारहरु अगाडी सारेको र पारीत गरेरै छाडने पनि उनले बताए।  अबको निर्वाचनमा १३ बर्ष देखी तीस बर्षको ब्यक्तीले मतदान गर्न पाउने ब्यवस्था आउन सक्छ यस्तो अवस्थामा  नेपाली कांग्रेसको विचारधारा कसरी यो उमेर समुहलाई बुझाउने पार्टीको लागी यो एउटा चुनौति हौ पौडेलको भनाइ थियो । नयाँ पुस्ता बिच नेपाली कांग्रेस धेरै टाढा छ उक्त पुस्तासँग नजिक हुन नेतृत्व पनि त्यही स्तरको हुनुपर्छ ।

 प्रशिक्षण कार्यक्रममा सहभागिहरुले धेरै जिज्ञासाहरु समेत राखेका थिए। पौडेलको प्रशिक्षणले केही आशा पलाएको सहभागीहरुले सुनाए । एक दिन प्रशिक्षण र एक दिन बृहत अन्र्तक्रियाको लागी पौडेल दक्षिण कोरीया पुगेका थिए । संयोगबस नेपाली काग्रेसका सांसद मिन बिश्वकर्मा पनि कोरीयामै रहेकाले उनलाई पनि अन्र्तक्रिया कार्यक्रममा बिशेष अतिथिको रुपमा सहभागि बनाइएको थियो । प्रशिक्षण कार्यक्रम पौडेल एक्लैले गरेको भएपनि अन्र्तक्रिया कार्यक्रममा भने पौडेल र बिश्वकर्माले गरेका थिए ।

जनसम्पर्क समितिको नयाँ निर्वाचित कार्यसमितिले गरेको पहिलो कार्यक्रम निकै सफल र प्रभावकारी भएको महामन्त्री कुमार थापाले बताए । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई जनसम्पर्क समिति दक्षिण कोरीयाकी सभापति आस्थाबिन्दु मल्ले आभार तथा धन्यवाद ब्यक्त गरीन । बिबिध चुनौतिका बिच बाट पनि कार्यक्रम सफल भएको भन्दै सबैलाई एकमुष्ट धन्यवाद दिएको मल्लले बताइन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ