arrow

घडीजस्तै हातमा बाँध्न मिल्ने स्मार्टफोन सार्वजनिक

logo
प्रकाशित २०७५ भदौ १८ सोमबार
watch-type-smartphone.jpg

काठमाडौं । जेटीई कम्पनीको शाखा नुबियाले विश्वको पहिलो हातमा बाँध्न मिल्ने स्मार्टफोन ल्याएको छ । कम्पनीले आईएफए २०१८ को अवसरमा जार्मनीको बर्लिनमा कम्पनीले यो स्मार्टफोन सार्वजनिक गरेको हो । यो स्मार्टफोनको नाम नुबिया–अल्फा राखिएको छ ।
 
मानिसहरुले यसलाई आफ्नो नाडीमा लगाउन सक्छन् । यो स्मार्टफोनमा ठुलो कर्भ ओएलईडी टच स्क्रिनको प्रयोग गरिएको छ । यो स्क्रिनलाई बंग्याएर पनि चलाउन सकिन्छ । नुबियाको प्राथमिकतामा अहिले बंग्याउनसक्ने डिस्प्ले प्रविधि परेको छ । यो स्मार्टफोनको अगाडि एक क्यामेरा रहेको छ । 

डिभाइसको पछिल्लो भागमा चार्जिङ पिन र मुटुको गति नाप्ने सेन्सर रहेको छ । यो स्मार्टफोन कालो र सुनौलो रङमा बजारमा आउनेछ । यस विषयमा थप जानकारी भने कम्पनीले दिएको छैन । साथै मूल्य तथा यो स्मार्टफोन कहाँ पाइन्छ भन्ने विषयमा पनि कुनै जानकारी दिइएको छैन । 

त्यसका साथै कम्पनीले आफ्नो नयाँ स्मार्टफोन पनि बजारमा सार्वजनिक गरेको छ । उसले ६ इन्चको डिस्प्ले भएको नुबिया रेड म्याजिक स्मार्टफोन सार्वजनिक गरेको हो । 

यो स्मार्टफोन एन्ड्रोइड ८.० अपरेटिङ सिस्टममा चल्छ । यो स्मार्टफोन स्न्यापड्रयागन ८३५ प्रोसेसरमा चल्छ । यो स्मार्टफोन ६ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल मेमोरी तथा ८ जीबी र्‍याम र १२८ जीबी मेमोरीका साथमा दुई वारियन्टमा आउनेछ । यसको स्टोरेज प्रयोगकर्ताहरुले माइक्रोएसडी कार्डको माध्यमबाट पनि बढाउन सक्छन् । 

ड्युल सिमको प्रयोग गर्न सकिने यो स्मार्टफोनमा २४ मेगापिक्सलको सिंगल लेन्स क्यामेरा रहेको छ । स्मार्टफोनमा ३८०० एमएएचको ब्याट्रिको प्रयोग गरिएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ