arrow

पोखरामा एउटै मःमको मुल्य ५५ हजार

logo
प्रकाशित २०७२ फागुन ५ बुधबार
momo.jpg.jpeg
पोखरा । पर्यटकीय नगरी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भोलिदेखि तीन दिनसम्म पेप्सी मःम मेला हुने भएको छ । आर इभेन्ट ट्रेनर नेपालले फ्रेन्डसिप युथ क्लब र आइएफसी फेसन कलेजको सहकार्यमा पोखरामा गर्न लागेको दोस्रो मेलामा विभिन्न २५ थरिका मःमको स्वाद एकै ठाउँमा लिन सकिने भएको छ । कार्यक्रम संयोजक रविन गुरुङका अनुसार मेलाको आकर्षणका लागि रु ५५ हजारको लागतमा मःमको डल्लो प्रदर्शन गरिने छ । 
 
मेलामा एक लाख दर्शक आउने अपेक्षा गरिएको जानकारी दिँदै उहाँले प्रदर्शनी अवधिमा दर्शकलाई लक्षित गरी रु १० लाख मःमका डल्ला बनाउने तयारी गरिसकिएको बताए  । आगामी फागुन ८ गतेसम्म चल्ने मेलामा लगभग ७० वटा स्टल रहने र त्यसमा २० वटा स्टल रेस्टुराँ हुने र अन्य स्टल विभिन्न उत्पादन तथा व्यावसायिक प्रयोजनका रहने प्रचारप्रसार उपसमितिकी संयोजक ज्योति क्षेत्रीले जानकारी दिए  । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ